सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

कटहरियामा निशुल्क आँखा शिविर सम्पन्न, ७० जना मोतियाबिन्दु बिरामी छनोट

प्रदीप दास ,रौतहट ।

चैत्र १८ गते ,बुधबार ।

रौतहट जिल्लाको कटहरिया बजारमा रहेको विवाह मण्डपको सभा हलमा आज एक दिवसीय निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरको प्रमुख अतिथि कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल रहनुभएको थियो। कार्यक्रममा नगर प्रमुख जैसवालले शिविर सञ्चालनमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई माला, टीका तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

स्थानीय विकास केन्द्र, कटहरिया–२ को आयोजनामा तथा कटहरिया नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा रोटरी क्लब अफ हेटौडाले प्राविधिक सहयोग प्रदान गरेको थियो।

शिविरमा जम्मा १३५ जनाको आँखा परीक्षण गरिएकोमा ७० जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन्। पहिचान भएका बिरामीहरुको आगामी शुक्रबार तिलगंगा सामुदायिक आँखा अस्पताल, हेटौडामा निशुल्क शल्यक्रिया गरिने आयोजकले जानकारी दिएको छ।

यसका साथै शल्यक्रियाका लागि जाने बिरामीहरुलाई आवतजावत खर्च, औषधि, चस्मा तथा खाना–खाजा समेत निशुल्क उपलब्ध गराइने बताइएको छ।

कार्यक्रममा नगर प्रमुख जैसवालले आगामी दिनमा पनि यस्ता जनमुखी तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

रौतहटको वृन्दावनमा कर्मचारी भर्ना विज्ञापन स्थगित

प्रदीप सम्राट, रौतहट । चैत १७ गते , मंगलबार । रौतहट...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक