सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर,

कार्तिक ०७ गते,शुक्रबार ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रबार बिहान अचानक भीषण आगलागी भएको छ। बिहानै उद्योग परिसरबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए। तत्क्षणै घटनाको जानकारी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई दिइएको थियो।

प्रहरीका अनुसार आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक चरणमै स्थानीयवासी र उद्योगका कामदारहरूले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि आगो तीव्र गतिमा फैलिँदै उद्योगको विभिन्न भागमा पुगेको थियो।

घटनास्थलमा चन्द्रपुर नगरपालिकाको दमकलसहित प्रहरी, सशस्त्र र स्थानीय स्वयंसेवकहरूको टोली पुगेर आगो नियन्त्रणमा खटिएको छ। करिब केही घण्टादेखि निरन्तर प्रयास जारी रहे पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन बाँकी रहेको बताइएको छ।

हालसम्म कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। तर, उद्योगका सामग्री र संरचनामा ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ। प्रहरीका अनुसार आगो पूर्ण रूपमा निभाएपछि मात्र क्षतिको यथार्थ विवरण सार्वजनिक गरिनेछ।

स्थानीयहरूले आगलागीको तीव्रता हेर्दा लाखौँ रुपैयाँ बराबरको क्षति हुनसक्ने अनुमान गरेका छन्। घटनास्थलमा अहिले पनि दमकल र सुरक्षाकर्मीहरू तैनाथ छन्।

घेरैले पढेको

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

रौतहटको वृन्दावनमा कर्मचारी भर्ना विज्ञापन स्थगित

प्रदीप सम्राट, रौतहट । चैत १७ गते , मंगलबार । रौतहट...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक