प्रदीप सम्राट , रौतहट ।
चैत २४ गते,मंगलबार ।
रौतहटको वृन्दावन नगरपालिका नगर कार्यपालिकाको कार्यालय (कृषि विकास शाखा), विश्रामपुरले जेन–जी जनआन्दोलनका क्रममा प्रभावित कृषि तथा पशुपन्छी व्यवसायी कृषकहरूलाई आफ्नो क्षतिको विवरण दर्ता गराउन आग्रह गरेको छ।
कृषि ज्ञान केन्द्र, गौरबाट प्राप्त पत्रको आधारमा नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र रहेका प्रभावित कृषक तथा व्यवसायीहरूलाई आवश्यक कागजातसहित दुई दिनभित्र विवरण पेश गर्न अनुरोध गरेको हो।
सूचनाअनुसार, प्रभावित कृषकहरूले व्यवसाय दर्ता प्रमाणपत्र, नागरिकता प्रमाणपत्र, पान दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा क्षतिको प्रकृति र अनुमानित क्षतिको विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
नगरपालिकाले समयमै विवरण दर्ता गराउन आग्रह गर्दै प्राप्त विवरणका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादद्वारा जारी सूचनामा कृषकहरूलाई तोकिएको समयसीमाभित्रै कृषि विकास शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

























