सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

बृन्दावन ८ मा डिप बोरिङ्गको शिलान्यास, करिब ७ हजार उपभोक्ता लाभान्वित हुने मेयर कुर्मीको भनाई

प्रदीप सम्राट, रौतहट ।

पुस ०८ गते, मंगलबार ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिका–८ आकडपाथडमा निर्माणाधीन शुद्ध खानेपानी आयोजनाले अन्तिम चरणतर्फ प्रवेश गरेको छ। सोही क्रममा मंगलबार एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुख बिनोद प्रसाद कुर्मीले वैदिक मन्त्रोच्चारणसहित डिप बोरिङ्गको शिलान्यास गर्नुभएको हो।

आकडपाथड क्षेत्रमा निर्माण भइरहेको शुद्ध खानेपानी ओभरहेड ट्यांकी सञ्चालनका लागि आवश्यक गहिरो बोरिङ्ग कार्यको शिलान्यास गरिएको हो। यो आयोजना सम्पन्न भएसँगै बृन्दावन नगरपालिका वडा नं. ८ र ९ का करिब सात हजार नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख बिनोद प्रसाद कुर्मी, वडा नं. ८ का वडा अध्यक्ष रबिन्द्र प्रसाद साह तथा वडा नं. ९ का वडा अध्यक्ष प्रवेज आलमले संयुक्त रूपमा सहभागिता जनाउँदै आयोजनाको औपचारिक सुरुवात गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले जनताको आधारभूत आवश्यकता पूर्ति नै नगरपालिकाको प्रमुख दायित्व रहेको उल्लेख गर्नुभयो। उहाँले शुद्ध खानेपानीलाई नागरिकको मौलिक अधिकारका रूपमा लिँदै त्यसको पहुँच प्रत्येक घरधुरीसम्म पुर्‍याउने प्रतिबद्धताअनुसार यो आयोजना अघि बढाइएको जानकारी दिनुभयो।

नगर प्रमुख कुर्मीले भन्नुभयो,

“स्थानीय बासिन्दालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउनु हाम्रो मुख्य लक्ष्य हो। जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको यस क्षेत्रलाई प्राथमिकतामा राख्दै हामी चरणबद्ध रूपमा खानेपानीका योजनाहरू कार्यान्वयन गरिरहेका छौं।”

स्थानीय जनप्रतिनिधिहरूले समेत यो आयोजनाले आकडपाथड क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्। ओभरहेड ट्यांकी तथा डिप बोरिङ्ग सम्पन्न भएसँगै नियमित, शुद्ध र पर्याप्त खानेपानी उपलब्ध हुने जनाइएको छ।

स्थानीयवासीहरूले नगरपालिकाले थालेको यस पहलप्रति खुशी व्यक्त गर्दै समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन्।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक