प्रदीप सम्राट, रौतहट ।
चैत १७ गते , मंगलबार ।
रौतहट — बृन्दावन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय विश्रामपुरले कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन स्थगित गरेको जनाएको छ।
नगरपालिकाले २०८२ चैत १६ गते पहिलो पटक प्रकाशित गरेको सेवा करारमा कर्मचारी तथा नगर प्रहरी पदपूर्तिसम्बन्धी विज्ञापन प्राविधिक कारणले हालका लागि स्थगित गरिएको जानकारी दिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर प्रसादद्वारा जारी सूचनामा अर्को सूचना प्रकाशित नभएसम्म उक्त विज्ञापन कार्यान्वयनमा नआउने स्पष्ट पारिएको छ।
यसअघि आवेदन दिने तयारीमा रहेका इच्छुक उम्मेदवारहरूलाई पछिल्लो निर्णयबारे जानकारी गराउँदै, नगरपालिकाले आगामी सूचना प्रकाशित भएपछि मात्र प्रक्रिया अघि बढाइने जनाएको छ।

























