सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

वृन्दावनमा कर्मचारी अनुशासन कडा, समयपालन अनिवार्य : नगर प्रमुख कुर्मी 

प्रदीप सम्राट , रौतहट ।

चैत २६ गते , बिहीबार ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिका मा कर्मचारी अनुशासन सुदृढ गर्ने उद्देश्यले विशेष अभियान सुरु गरिएको छ। नगर प्रमुख विनोद प्रसाद कुर्मी को नेतृत्वमा गरिएको अनुगमनपछि कार्यालय समयको कडाइका साथ पालना गराउन स्पष्ट निर्देशन जारी गरिएको हो।

नगर प्रमुख कुर्मीको नेतृत्वमा सम्पन्न अनुगमनमा वडा नं. ६ का वडाध्यक्ष मजहर मन्सुर, वडा नं. ७ का अध्यक्ष जगरनाथ प्रसाद भेडियर, वडा नं. ८ का अध्यक्ष रवीन्द्र प्रसाद साह तथा शिलादीप अनलाइन खबर प्रा.लि. का सञ्चालक प्रदीप कुमार दास लगायतको सहभागिता रहेको थियो। संयुक्त टोलीले नगरपालिका कार्यालयका विभिन्न शाखा तथा सेवा केन्द्रहरूको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेको थियो।

अनुगमनका क्रममा नगर प्रमुख कुर्मीले सबै शाखा प्रमुख, स्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूलाई बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई सेवाग्राहीलाई सेवा प्रदान गर्न निर्देशन दिएका छन्। उनले कार्यालय समयको पूर्ण पालना नगर्ने प्रवृत्ति नियन्त्रण गर्न कडा निगरानी गरिने चेतावनी समेत दिएका छन्।

कर्मचारीहरूले अत्यावश्यक वा आपतकालीन बाहेक अन्य अवस्थामा कार्यालय समयमै ड्युटीमा उपस्थित रहनुपर्ने व्यवस्था गरिएको छ। विदा लिनु परे अनिवार्य रूपमा लिखित निवेदन पेश गरी स्वीकृति लिएपछि मात्र कार्यालयबाट अनुपस्थित हुन पाइने व्यवस्था लागू गरिएको छ। यस्तै, आकस्मिक घटना वा विशेष परिस्थितिमा कार्यालय बाहिर जानुपर्ने भएमा प्रमुख प्रशासकीय अधिकृतलाई औपचारिक जानकारी गराएर मात्र बाहिरिनुपर्ने स्पष्ट निर्देशन दिइएको छ।

नगरपालिकाभित्र देखिएको ‘खाजा–नास्ता गर्ने बहाना’ मा बारम्बार बाहिरिने प्रवृत्तिलाई नियन्त्रण गर्न कार्यालय परिसरमै खाजा, चिया तथा पिउने पानीको व्यवस्था गरिएको नगर प्रमुख कुर्मीले जानकारी दिएका छन्। यस कदमले कर्मचारीलाई कार्यालयमै बस्दै सेवा प्रवाहमा केन्द्रित हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, सेवाग्राहीसँगको व्यवहारमा पनि सुधार ल्याउन विशेष जोड दिइएको छ। नगर प्रमुख कुर्मीले कर्मचारीहरूलाई सेवाग्राहीसँग शिष्ट, मर्यादित तथा सम्मानजनक ढंगले प्रस्तुत हुन निर्देशन दिँदै सार्वजनिक सेवामा सकारात्मक छवि निर्माण गर्न आग्रह गरेका छन्।

यसअघि नै प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसाद ले गत चैत १७ गते लिखित निर्देशन जारी गर्दै नगरपालिका, वडा कार्यालय तथा स्वास्थ्य चौकीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई समयमै उपस्थित भई नियमअनुसार कार्यसम्पादन गर्न निर्देशन दिइसकेको जानकारी दिएका छन्।

नगरपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन कर्मचारी अनुशासनलाई उच्च प्राथमिकतामा राख्दै यस्तो अभियान सञ्चालन गरिएको जनाएको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक