सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर,

चैत २४ गते ,मंगलबार ।

महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज बिहान भएको भीषण सडक दुर्घटनामा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ।

विपरीत दिशाबाट आइरहेका दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी यति तीव्र भएको थियो कि दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने नम्बर प्लेटसमेत पहिचान गर्न नसकिने अवस्थामा पुगेको छ।

दुर्घटनामा परी तीन विद्यार्थीको घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएका छन्। मृतकहरू एसईई परीक्षा दिएर घर फर्किने क्रममा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उक्त दुर्घटनामा थप तीन जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको छ।

हालसम्म मृतक तथा घाइतेहरूको नाम, थर र ठेगाना खुल्न सकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

रौतहटको वृन्दावनमा कर्मचारी भर्ना विज्ञापन स्थगित

प्रदीप सम्राट, रौतहट । चैत १७ गते , मंगलबार । रौतहट...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

कटहरियामा निशुल्क आँखा शिविर सम्पन्न, ७० जना मोतियाबिन्दु बिरामी छनोट

प्रदीप दास ,रौतहट । चैत्र १८ गते ,बुधबार । रौतहट जिल्लाको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक