शिलादीप अनलाईन खबर ,
चैत २७ गते,शुक्रबार ।
काठमाडौं — प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् ।
आज सम्पन्न निर्वाचनमा उनले राप्रपाकी उम्मेदवार सरस्वती लामालाई स्पष्ट मतान्तरले पराजित गर्दै उक्त जिम्मेवारी सम्हाल्न सफल भएकी हुन् ।
निर्वाचनमा उपस्थित कुल २५७ सांसदहरूमध्ये ठाकुरले प्रभावशाली २१५ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी लामाले भने जम्मा ५ मत मात्र प्राप्त गरिन् ।
ठाकुरको जितमा सत्तारुढ दलहरू—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको महत्वपूर्ण समर्थन रहेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले भने मतदान प्रक्रियामा सहभागिता जनाएन ।




























