सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट ।

चैत २८ गते, शनिबार ।

रौतहटको गुजरा नगरपालिका–३ मा दीर्घकालीन रूपमा देखिँदै आएको ढल निकास समस्यालाई समाधान गर्ने लक्ष्यसहित नाला निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । वडा नम्बर ३ अन्तर्गत पर्ने बलुवा टोलमा सुरु गरिएको यस योजनाले स्थानीय बासिन्दामा नयाँ आशा जगाएको छ।

नगर प्रमुख सन्तलाल चौधरी र सक्रिय युवा समाजसेवी शेख सेराजको पहलमा करिब १८ लाख रुपैयाँको लागतमा दुई स्थानमा समान ७२/७२ मिटर लम्बाइका नाला निर्माण भइरहेका छन्। योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह र समुदायबीच सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत भएको छ।

विगत लामो समयदेखि यस क्षेत्रमा व्यवस्थित नाला नहुँदा वर्षायाममा सडकमा पानी जम्ने, हिलो तथा फोहोर फैलिने, दुर्गन्ध आउने र सरुवा रोगको जोखिम बढ्ने जस्ता समस्या स्थानीयले भोग्दै आएका थिए। विशेषगरी बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुनुका साथै स्वास्थ्यसम्बन्धी चुनौती समेत थपिँदै आएको थियो।

यस्ता समस्यालाई मध्यनजर गर्दै युवा समाजसेवी शेख सेराजले स्थानीयको मागलाई प्राथमिकतामा राखी आवश्यक बजेट पालिकाद्वारा व्यवस्थापन गराई योजना अघि बढाएको बताएका छन्। उनले विकास निर्माणका काममा जनसहभागिता अपरिहार्य हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नाला निर्माण कार्यमा स्थानीय बासिन्दाको उल्लेखनीय साथ र सहयोग देखिएको छ। धेरैले आफ्नो घर, टहरा तथा संरचना हटाएर निर्माण कार्यलाई सहज बनाएका छन्। यसले समुदायमा विकासप्रति सकारात्मक सोच र एकताको भावना अझ मजबुत भएको देखिन्छ।

स्थानीयवासीहरूका अनुसार नाला निर्माण सम्पन्न भएपछि वर्षौंदेखि झेल्दै आएको जलनिकास समस्या समाधान हुने विश्वास लिइएको छ। “हामी सबै गाउँको विकासका लागि एकजुट भएका छौं, अहिले सुरु भएको कामले हामीमा खुशी मात्र होइन, भविष्यप्रति भरोसा पनि बढाएको छ,” एक स्थानीयले बताए।

जनहितमा जारी संदेश ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक