सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

रौतहटको बिश्रामपुर स्वास्थ्य चौकीमा कर्मचारीमाथि दुव्र्यवहार, दोषीलाई कारबाही गर्न किटानी निवेदन

प्रदीप सम्राट, रौतहट ।

चैत २७ गते ,शुक्रबार ।

रौतहटको वृन्दावन नगरपालिका–स्थित बिश्रामपुर स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ। बिहीबार सोही क्षेत्रका चार जना युवाहरूले मिलेर स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीमाथि कुटपिट गर्नुका साथै अन्य कर्मचारीहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप लागेको छ।

उक्त घटनापछि वृन्दावन नगरपालिकाका स्वास्थ्य संयोजक रास नारायण पटेलको अध्यक्षतामा आकस्मिक बैठक बसेको थियो। बैठकले घटनामा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै बिश्रामपुर प्रहरी चौकीमा नामै किटानी गरी निवेदन दर्ता गराएको जनाएको छ।

स्वास्थ्य संयोजक पटेलले दोषीमाथि पाँच दिनभित्र कारबाही नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। उनले नगरपालिकाभित्र रहेका सबै ९ वटै वडाका स्वास्थ्य संस्थाका कर्मचारीहरू एकजुट भई सेवा बन्द गरेर धर्ना बस्ने अवस्था आउन सक्ने बताएका छन्।

यस घटनाले स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी प्रश्न उठाएको भन्दै सरोकारवालाहरूले तत्काल निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

वृन्दावन नगरपालिका द्वारा जनहितमा जारी सन्देश ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

रौतहटको वृन्दावनमा कर्मचारी भर्ना विज्ञापन स्थगित

प्रदीप सम्राट, रौतहट । चैत १७ गते , मंगलबार । रौतहट...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक