सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालक घाइते

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो क्षेत्र नजिक शुक्रबार एक मोटरसाइकल दुर्घटना भएको छ। मुग्लिनबाट नारायणगढतर्फ गइरहेको लु ३२ प २१६५ नम्बरको १५० सिसी पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकमा लड्दा चालक घाइते भएका हुन्।

प्रारम्भिक जानकारी अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल मोड पार गर्ने क्रममा नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको बताइएको छ। घाइते चालकको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीको सहकार्यमा घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको थियो। घटनाका कारण केही समय सडकमा सवारी आवागमन सामान्य रूपमा प्रभावित भएको थियो।

प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

स्रोत : सौर्य दैनिक

वृन्दावन नगरपालिका द्वारा जनहितमा जारी संदेश ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

रौतहटको वृन्दावनमा कर्मचारी भर्ना विज्ञापन स्थगित

प्रदीप सम्राट, रौतहट । चैत १७ गते , मंगलबार । रौतहट...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक