सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

एकल बहुमतपछि रास्वपाको एकल सरकार—१३ चैतमा बालेन प्रधानमन्त्री बन्ने तयारी।

चैत्र ६, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको तयारी तीव्र बनाएको छ। पार्टीभित्र शीर्ष तहका नेताहरूबीच छलफल गर्दै बालेन्द्र शाह को नेतृत्वमा सरकार गठन गर्ने रणनीति अघि बढाइएको हो।

निर्वाचन आयोग ले बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन परिणामको प्रतिवेदन बुझाएलगत्तै रास्वपाका प्रमुख नेताहरू सक्रिय बनेका हुन्। सोही दिन साँझ भएको उच्चस्तरीय छलफलमा १३ चैतमा शाहलाई प्रधानमन्त्री नियुक्त गराई शपथ गराउने समझदारी बनेको बताइएको छ।

छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए। उनीहरूबीच सोही दिन मन्त्रिपरिषद् गठन गर्ने सहमति भए पनि मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाँटबारे अन्तिम निर्णय भने हुन बाँकी रहेको एक नेताले जानकारी दिएका छन्।

रास्वपाले विधान संशोधन गर्दै शाहलाई संसदीय दलको नेता बनाउने तयारीसमेत अघि बढाएको छ। यसअघि नै पार्टीले उनलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने घोषणा गरेको थियो।

निर्वाचनमा एकल बहुमत हासिल गरेपछि रास्वपाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने योजना बनाएको हो। सरकारमा अर्थ, गृह लगायतका महत्वपूर्ण मन्त्रालय कसलाई दिने भन्ने विषयमा अझै छलफल जारी छ। अर्थ मन्त्रालयमा वाग्ले, गृहमा अर्याल तथा परराष्ट्रमा शिशिर खनालको नाम चर्चामा रहेको स्रोतले जनाएको छ।

वृन्दावन नगरपालिका द्वारा जनहितमा जारी संदेश ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक