सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

रौतहटका विभिन्न स्थानीय तहमा उपसचिव तहका कर्मचारी खटाइए

प्रदीप सम्राट, रौतहट ।

चैत १६ गते ,सोमबार ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा उपसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गर्ने क्रममा रौतहटका नगरपालिकाहरूमा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृतहरू खटाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको निर्णयअनुसार रौतहट जिल्लाका मौलापुर, गौर, राजपुर, परोहा, माधव नारायण, गुजरा, फतुवा विजयपुर र चन्द्रपुर नगरपालिकामा उपसचिव स्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाइएको हो।

जसअनुसार मौलापुर नगरपालिकामा सुरेश बाबु घिमिरे, गौर नगरपालिकामा विष्णु प्रसाद पौडेल, राजपुर नगरपालिकामा धिरेन्द्रराज पन्त, परोहा नगरपालिकामा विष्णु प्रसाद शर्मा, माधव नारायण नगरपालिकामा ऋषिकेश रेग्मी, गुजरा नगरपालिकामा डम्बरु दाहाल, फतुवा विजयपुर नगरपालिकामा कमल प्रसाद दाहाल तथा चन्द्रपुर नगरपालिकामा बद्रिराज ढकाललाई खटाइएको छ।

यसैगरी जिल्ला समन्वय समिति रौतहट (गौर) मा लेखनाथ खतिवडालाई जिल्ला समन्वय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न कार्यालयहरूमा गरी कुल ६३ जना उपसचिव वा सो सरहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरिएको हो।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक