सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

विपन्न पासवान परिवारलाई खाद्यान्न सहयोग : मलेसिया शाखा र कलाकार मुकेश रंगीलाको पहल

प्रदीप सम्राट, रौतहट ।

चैत ०९ गते ,सोमबार ।

सप्तरी — वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरूले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै देशभित्रका विपन्न समुदायलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिएका छन्। यही क्रममा श्री सलहेश युवा समाज सेवा, मलेसिया शाखा को पहलमा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–७, बसन्तपट्टी गाउँमा अति विपन्न अवस्थामा रहेका पासवान समुदायका दुई घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

उक्त सहयोग कार्यक्रम रौतहट जिल्लाका चर्चित गायक तथा कलाकार मुकेश रंगीला को विशेष पहलमा सम्पन्न भएको हो। विदेशमा संकलित सहयोग रकममार्फत आवश्यक खाद्यान्न सामग्री खरिद गरी लक्षित परिवारसम्म पु¥याइएको उनले जानकारी दिएका छन्।

सहयोग स्वरूप कपिल पासवान र सलहेस पासवानको परिवारलाई संयुक्त रूपमा करिब ८ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो । वितरण गरिएका सामग्रीमा ५० केजी चामल, ५ केजी आलु, ५ केजी प्याज, १ केजी लसुन, ३ केजी दाल, १ केजी सोयाबिन, २ लिटर खाने तेल, ४ प्याकेट नुन तथा ८ थान कपडा धुने र नुहाउने साबुन समावेश रहेका छन्।

स्थानीय स्तरमा दैनिक जीविकोपार्जन गर्न कठिनाइ भोगिरहेका दलित तथा विपन्न परिवारलाई लक्षित गरी गरिएको यस सहयोगले उनीहरूको दैनिकीमा केही राहत पुगेको छ। कार्यक्रमका क्रममा स्थानीय सहयोगी युवाहरूको सक्रिय सहभागिता रहेको थियो भने वितरण प्रक्रिया व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गरिएको आयोजकले जनाएको छ।

सहयोग प्राप्त गर्ने परिवारहरूले यस्तो मानवीय कार्यप्रति आभार व्यक्त गर्दै सहयोगी संस्था, दाताहरू तथा विशेषतः कलाकार मुकेश रंगीलाप्रति धन्यवाद ज्ञापन गरेका थिए। उनीहरूले यस्ता सामाजिक कार्यले आफूहरूजस्ता विपन्न परिवारलाई जीवनयापनमा ठूलो सहारा मिल्ने बताएका छन्।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक