सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

बृन्दावनमा लामखुट्टे नियन्त्रण अभियान सुरु हुँदै, विषादी छर्ने तयारी पूरा

प्रदीप सम्राट , रौतहट ।

चैत ०५ गते बिहिबार ।

गर्मी मौसम सुरु भएसँगै बृन्दावन नगरपालिकामा लामखुट्टेको प्रकोप बढ्न थालेपछि नियन्त्रणका लागि विषादी छर्ने अभियान सञ्चालन गरिने भएको छ। डेंगु र मलेरिया जस्ता जोखिमपूर्ण रोग फैलिन सक्ने सम्भावना बढेपछि नगरपालिका सक्रिय बनेको हो।

नगर प्रमुख बिनोद प्रसाद कुर्मीका अनुसार चैत १३ गतेदेखि नगरभित्रका ९ वटै वडामा चरणबद्ध रूपमा ‘एयर स्प्रे’ तथा पम्प स्प्रे गरिनेछ। बिहान र बेलुका तालिका अनुसार विषादी छर्ने व्यवस्था मिलाइएको छ भने लामखुट्टेको लार्भा नष्ट गर्ने विशेष अभियान पनि सँगसँगै सञ्चालन गरिनेछ।

मेशिन बिग्रिएका कारण केही ढिला भएको अभियानका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा रहेको जनाइएको छ। अबको एक साताभित्र पूर्ण रूपमा अभियान सुरु हुने नगर प्रमुख कुर्मीले जानकारी दिए।

नगरपालिकाले अभियानलाई प्रभावकारी बनाउन वडास्तरमै योजना बनाएर काम अघि बढाउने जनाएको छ। साथै, नागरिकलाई घर वरिपरि सरसफाइ राख्न, पानी जम्न नदिन र फोहोर व्यवस्थापनमा ध्यान दिन आग्रह गरिएको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक