सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

पिपरा भलोहियामा माधव कुमार नेपालको घरदैलो कार्यक्रम उत्साहपूर्वक सम्पन्न 

प्रदीप सम्राट, रौतहट ।

फाल्गुन १३ गते, बुधबार ।

रौतहट क्षेत्र नम्बर–१ दुर्गा भगवती गाउँपालिका अन्तर्गत गंगा पिपरा भलोहियामा माधव कुमार नेपालको घरदैलो कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय मतदाताको उल्लेखनीय सहभागिता देखिएको थियो।

दुर्गा भगवती गाउँपालिकाका नगर अध्यक्ष शम्भु सिंहको निवासमा भव्य स्वागत

घरदैलोका क्रममा नेता नेपालले टोलटोलमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाबारे चासो व्यक्त गर्नुभएको हो। स्थानीयवासीहरूले विकास, रोजगारी, शिक्षा र पूर्वाधार सुधारका विषयमा आफ्ना धारणा राखेका थिए।

घरदैलो दृश्य ।

यसैक्रममा दुर्गा भगवती गाउँपालिकाका नगर अध्यक्ष शम्भु सिंहको निजी निवासमा नेता नेपाललाई आत्मीय स्वागत गरिएको थियो। त्यहाँ आयोजित भेटघाट तथा छलफलमा समसामयिक राजनीतिक अवस्था, क्षेत्रीय विकासका सम्भावना र आगामी योजनाबारे संक्षिप्त संवाद भएको जनाइएको छ।

नगर अध्यक्ष शम्भु सिंहको निवासमा।

कार्यक्रममा विभिन्न तहका नेताकार्यकर्ताहरू, समर्थक तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो। गंगा पिपरा भलोहियामा सम्पन्न घरदैलो कार्यक्रमले चुनावी माहोललाई थप चलायमान बनाएको सहभागीहरूले बताएका छन्।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक