सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

रौतहट क्षेत्र नं. ४ मा रामजी साहले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै

प्रदीप सम्राट, रौतहट।

फाल्गुन ०९ गते , शनिबार ।

रौतहट क्षेत्र नं. ४ मा आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ। यसै सन्दर्भमा रामजी साह ले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै विभिन्न टोल–बस्तीमा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरिरहनुभएको छ।

डेङ्गु रोग सम्बन्धी जनहितमा जारी सूचना

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बन्नुभएका साहले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनुभएको छ। शुक्रबार बृन्दावन नगरपालिका–४ अन्तर्गत हरैया र पल्टुवामा आयोजित कार्यक्रममा उहाँले स्थानीय बासिन्दासँग विकासका सम्भावना र क्षेत्रका आवश्यकता सम्बन्धी छलफल गर्नुभएको थियो।

डेङ्गु रोग सम्बन्धी जनहितमा जारी सूचना

भेटघाटका क्रममा उम्मेदवार साहले आफू नयाँ सोच र स्पष्ट योजनासहित मैदानमा उत्रिएको उल्लेख गर्दै पारदर्शी शासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवामा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “जनताको विश्वास जितेर परिणाममुखी काम गर्ने लक्ष्यसहित अघि बढेको छु,” उहाँको भनाइ थियो।

कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो। विभिन्न उमेर समूहका मतदाताले फूलमाला र खादा ओढाएर स्वागत गरेका थिए। प्रत्यक्ष संवादमा धेरैले क्षेत्रको समग्र विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको धारणा राख्दै आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

डेङ्गु रोग सम्बन्धी जनहितमा जारी सूचना

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको अवस्थामा रौतहट–४ मा मतदाताको सक्रियता र उम्मेदवारहरूको घरदैलो अभियानले माहोल झन् चहलपहलपूर्ण बनेको देखिन्छ। आगामी निर्वाचनले क्षेत्रको राजनीतिक दिशा निर्धारण गर्ने भएकाले सबै पक्ष यतिबेला जनसमर्थन जुटाउन केन्द्रित छन्।

डेङ्गु रोग सम्बन्धी जनहितमा जारी सूचना
डेङ्गु रोग सम्बन्धी जनहितमा जारी सूचना

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक