सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

बन्सिराम अनाथालयमा आज एक दयालु परिवारद्वारा खाद्यान्न सामग्री लगायत लत्ताकपडा हस्तान्तरण

प्रदीप सम्राट, रौतहट।

फाल्गुन ०७ गते,बिहीबार ।

रौतहट जिल्लाको गरुडा नगरपालिका–४ मा अवस्थित श्री बन्सिराम अनाथालयमा आज एक दयालु परिवारद्वारा मानवीय सहयोग हस्तान्तरण गरिएको छ। भारतको बिहार राज्य अन्तर्गत सीतामढी सुरसँद्ध निवासी उदारहृदया समाजसेवी निरु लाठले आफ्ना बुवा पवन कुमार अग्रवाल र आमा मीरा देवी अग्रवालसँग संयुक्त रूपमा अनाथालय पुगेर बालबालिकाहरूका लागि आवश्यक खाद्यान्न तथा लत्ताकपडा सहयोग प्रदान गर्नुभएको हो।

सहयोगस्वरूप टी–शर्ट २४ थान, फ्रुटी २ कार्टुन, चाउचाउ ५ कार्टुन, टेस्टी बिस्कुट २ कार्टुन, एक बट्टा चकलेट, २५ किलोको १ बोरा चामल तथा नगद रु. २,५०० हस्तान्तरण गरिएको अनाथालय व्यवस्थापनले जनाएको छ। उक्त सामग्री अनाथालय व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी भुवनेश्वर राम जैसवाललाई औपचारिक रूपमा प्रदान गरिएको थियो।

कार्यक्रममा समाजसेवी, बुद्धिजीवी तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहयोग हस्तान्तरणका क्रममा बोल्दै निरु लाठले अनाथ बालबालिकाहरूको पालनपोषण र शिक्षा–दीक्षामा सघाउनु आफ्नो सामाजिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, अनाथालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्न तथा आगन्तुक सहयोगीहरूलाई बस्न सहज होस् भन्ने उद्देश्यले ३० वटा प्लास्टिक कुर्सी उपलब्ध गराउने घोषणा पनि गर्नुभयो।

उक्त कार्यक्रममा साहित्यकार सञ्जय साह “मित्र”, पत्रकार रमेश यादव, प्रदीप दास, अनाथालयका व्यवस्थापक कृष्ण साह, व्यवस्थापन समितिका सचिव गणेश प्रसाद साह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्ता सहयोगले अनाथ बालबालिकाको मनोबल उच्च बनाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।

अनाथालयमा आश्रित बालबालिकाहरूले पनि सहयोगी परिवारप्रति कृतज्ञता प्रकट गर्दै यस्ता मानवीय हातहरूबाट प्राप्त सहयोगले आफ्नो दैनिक जीवनयापनमा ठूलो टेवा पुग्ने बताएका छन्। सीमापारबाट समेत सहयोगको हात बढ्नुले मानवताको कुनै सिमाना नहुने सन्देश पुनः स्थापित गरेको स्थानीयहरूले उल्लेख गरेका छन्।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक