सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

बृन्दावनका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले तारा छापको उम्मेदवार भट्टराईलाई गरे भव्य स्वागत 

प्रदीप सम्राट, रौतहट।

फाल्गुन ०९ गते , शनिबार।

रौतहट क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने वृन्दावन नगरपालिका -६ हर्षाहा यतिबेला चुनावी उत्साहले गुञ्जायमान बनेको छ। बृन्दावन नगरपालिका का नगर प्रमुख बिनोद प्रसाद कुर्मी ले नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकुमार भट्टराई लाई आफ्नै निवासमा आमन्त्रण गरी भव्य स्वागत गरेपछि राजनीतिक माहोल थप तातेको छ।

घरदैलो कार्यक्रम

नगर प्रमुख कुर्मीले युवा, कर्मठ र इमान्दार छवि बनाएका उम्मेदवार भट्टराईप्रति आफ्नो शुभेच्छा व्यक्त गर्दै स्थानीय तहदेखि संघसम्म समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। स्वागतका क्रममा स्थानीय अगुवा तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

वृन्दावन नगरपालिका द्वारा जनहितमा जारी संदेश

त्यसैगरी बृन्दावन नगरपालिका–६ र ७ अन्तर्गत हर्षाहा तथा धमौरा क्षेत्रमा उम्मेदवार भट्टराईको घरदैलो कार्यक्रम अत्यन्त उत्साहजनक देखिएको छ। निर्धारित कार्यक्रमअनुसार शुक्रबार टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका भट्टराईलाई स्थानीयवासीले टीका, माला र दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए। कतिपय स्थानमा समर्थकहरूले अग्रिम जितको शुभकामना समेत दिएका छन्।

घरदैलो कार्यक्रम

उम्मेदवार भट्टराईको व्यवहार, सरलता र जनतासँगको आत्मीय सम्बन्धका कारण दिनप्रतिदिन जनसमर्थन बढ्दै गएको स्थानीयको भनाइ छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी अन्य क्षेत्रको तुलनामा अझ रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको देखिन्छ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट “तारा” चुनाव चिह्न लिएर मैदानमा उत्रिएका भट्टराईले देशको विकास र निकासका लागि आफ्नो पार्टी नै सक्षम विकल्प भएको दाबी गर्दै तारा छापमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्। आफूले पाउँदै आएको व्यापक जनसमर्थनका आधारमा विजयी हुनेमा विश्वस्त रहेको उनले बताएका छन्।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक