सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

वृन्दावन नगरपालिका–५ नरकटीया भवानीपुरस्थित श्रीराम जानकी आधारभूत विद्यालयमा आठ कोठे पक्की भवन निर्माणको शिलान्यास

प्रदीप सम्राट, रौतहट ।

पौष २५ गते, शुक्रबार ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिका–५ नरकटीया भवानीपुरमा अवस्थित श्रीराम जानकी आधारभूत विद्यालयमा आठ कोठे पक्की भवन निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण तथा शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त भवनको शिलान्यास वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले गर्नुभएको हो।

नगरपालिकाबाट विनियोजित कुल रु. ३३ लाख ४२ हजार लागतमा निर्माण हुने सो पक्की भवन नगर प्रमुखका स्वकीय सचिवले जानकारी दिनुभएको छ। नयाँ भवन निर्माणपछि विद्यालयमा कक्षा सञ्चालन सहज हुने र विद्यार्थीहरूलाई सुरक्षित तथा व्यवस्थित अध्ययन वातावरण प्राप्त हुने देखिएको छ।

शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छोटेलाल पटेल, वडा नम्बर ५ का वडाध्यक्ष फेकु दास, वडा सचिव शंकर दास तत्मा, वडा सदस्यहरू रवि कुमार साह र हृदय नारायण बैठा, महिला वडा सदस्य सुगान्धी देवी राम, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रितेश साह, समाजसेवी हृदय नारायण राम लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसका अतिरिक्त वडा नम्बर ९ का सचिव शुभ नारायण दास, समाजसेवी युवा नेता बैजु पटेल, धर्मेन्द्र पटेल, विद्यालयका शिक्षक किशोरी पटेल, वृन्दावन नगरपालिकाका नगर शिक्षा संयोजक उपेन्द्र महतो, विभिन्न सञ्चारमाध्यमका पत्रकार, बुद्धिजीवी, समाजसेवी तथा भद्रभलादमीहरूको उपस्थिति कार्यक्रममा रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले शिक्षाको विकास नै समग्र नगरको दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयको भौतिक संरचना मजबुत बनाउँदै गुणस्तरीय शिक्षामा जोड दिइएको बताउँदै नगरपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार तथा उपस्थित समाजसेवीहरूले नगरपालिकाको पहलप्रति प्रशंसा व्यक्त गर्दै समयमै निर्माण सम्पन्न भई विद्यालयको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरेका छन्।

आठ कोठे पक्की भवन निर्माण सम्पन्न भएपछि श्रीराम जानकी आधारभूत विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित र प्रभावकारी हुने देखिएको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक