सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

माधवनारायण–६ माधोपुरमा १७० जना विपन्न नागरिकलाई न्यानो सहयोग

प्रदीप सम्राट , रौतहट ।

पौष २६ गते , शनिबार ।

रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा जाडो मौसमको प्रभावबाट पीडित दलित, गरिब, विपन्न, भूमिहीन तथा सुकुम्बासी समुदायलाई लक्षित गरी ब्ल्यांकेट वितरण कार्यक्रम सम्पन्न भएको छ । 

सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा कुल १७० जना नागरिक लाभान्वित भएका छन् ।

स्थानीय स्तरमा रहेका ९० जना दलित तथा विपन्न परिवारका सदस्यहरूलाई ब्ल्यांकेट वितरण गरिएको थियो भने विशेष सहयोगी नम्रता शर्माको सहयोगमा थप ८० थान ब्ल्यांकेट उपलब्ध गराइँदा जम्मा १७० जनालाई न्यानो सहयोग प्रदान गरिएको हो। 

काठमाडौंबाट ल्याइएका ब्ल्यांकेटहरू वितरण गरी सम्पन्न गरिएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रम लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ “के” अन्तर्गत आयोजना गरिएको हो। कार्यक्रममा डिष्ट्रिक्ट चिफ एडभाइजर लायन हसन कुमार गोपाली , डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर महा प्रसाद पाण्डे  तथा कार्यक्रमकी आयोजक, आवद्ध क्लवकी संस्थापक अध्यक्ष एवम् डिष्ट्रिक्ट सिनियर एडभाइजर लायन सुनिता मर्हट्ठा शर्माको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा डिष्ट्रिक्ट चेयर पर्सन अनिता थापा म्याडम, प्रथम उपाध्यक्ष कृष्णामुलेपति बजिमयो म्याडम, सेक्रेटरी सबिता श्रेष्ठ म्याडम, कोषाध्यक्ष रोशनी मुल्मी म्याडम तथा लायन्स क्लब अफ आयुधकी संस्थापक अध्यक्ष गीता बस्नेत म्याडम लगायतका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम सफल बनाउन निम्न लायन्स क्लबहरूको सक्रिय सहकार्य रहेको थियोः

Lions Club of Kathmandu Gangabu, Kathmandu Manamaiju, Metro City, Naya Bazar, Jagriti, Hamro Sangam, Koseli, Kathmandu Rosemary, Kathmandu Aabaddha तथा Lions Club of Aayudh।

विशेष गरी ८० थान ब्ल्यांकेट सहयोग उपलब्ध गराउनु भएकी नम्रता शर्मा कार्यक्रमकी प्रमुख सहयोगी रहनु भयो। साथै सझदारी समुदाय दलित विकास केन्द्र नेपालका अध्यक्ष सुबा साहेब कुमार हजारीले समन्वयात्मक भूमिका निर्वाह गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले विपन्न समुदायका लागि यस्ता सहयोग कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताउँदै सामाजिक संस्थाहरूको योगदानले स्थानीय सरकारको प्रयासलाई थप मजबुत बनाएको उल्लेख गर्नु भयो।

विशिष्ट अतिथि तथा अतिथिहरूमा वडा नं. ६ का वडा अध्यक्ष रामनरेस राय यादव , नेकपा क्षेत्र नं. १ का अध्यक्ष जयमंगल यादव, नेकपा एमाले नगर अध्यक्ष उपेन्द्र साह , वडा अध्यक्ष प्रत्याशी किशोरी महतो , दलित अगुवा नेता रामसेवक पासवान, माधोपुर युवा कमिटी अध्यक्ष मुकेश यादव , दिनेश चौधरी , सन्तोष राम, वडा सदस्य फेकु महतो , दलित अभियन्ता धर्मदेव पासवान लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले जाडोयाममा गरिब तथा विपन्न नागरिकलाई न्यानो कपडा उपलब्ध गराउनु मानवतापूर्ण कार्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

स्थानीय समुदाय, सामाजिक संस्था तथा विभिन्न लायन्स क्लबहरूको संयुक्त सहकार्यमा सम्पन्न उक्त ब्ल्यांकेट वितरण कार्यक्रमले माधवनारायण नगरपालिका–६ माधोपुर क्षेत्रमा सामाजिक सद्भाव, आपसी सहयोग र मानविय सेवाको सशक्त सन्देश प्रवाह गरेको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक