सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

चितवनमा भीषण सवारी दुर्घटना : दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते, ८ जनाको अवस्था मध्यम

शिलादीप अनलाईन खबर,

कार्तिक १४ गते, शुक्रबार ।

चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगल नजिक गएराति भएको भीषण सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको रहेको प्रहरीले जनाएको छ ।

घटना गएराति करिब पौने २ बजेको हो । इँटा लोड गरेर सडक किनारमा पार्किङ गरिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो । त्यसपछि सोही बसको पछाडिबाट जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको अर्को बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किँदा दुर्घटना थप गम्भीर बनेको थियो ।

दुर्घटनापछि प्रहरीले, स्थानीयवासी र उद्धार टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरू :

१. उदयपुर त्रियुगा–१० का २० वर्षीय सार्थक बाबु श्रेष्ठ

२. जनकपुर–१७ का ३९ वर्षीय सदाकत मिया

३. जनकपुर–१७ का ५२ वर्षीय नरेन्द्र शाह

४. जनकपुर–७ का १७ वर्षीय समिर अन्सारी

५. जनकपुर–१ का ४६ वर्षीय बसन्त झा

६. जनकपुर–४ का ४९ वर्षीय मुकेशलाल कर्ण

७. जनकपुर–४ की ३४ वर्षीया अन्जु कर्ण

८. जनकपुर–४ का आरुष कर्ण

९. लक्ष्मीनिया–४ की १९ वर्षीया विद्या चौधरी

१०. राजदेवी–१, रौतहटका २० वर्षीय अनिकेत कुमार साह

११. बृन्दावन–३, रौतहटका ११ वर्षीय आरभ मिश्र

१२. राजदेवी–१, रौतहटका कृष्ण कुमार साह

१३. गौर–५, रौतहटका ४१ वर्षीय मुकेश कुमार केसरी

१४. पिपरा–१, महोत्तरीकी गिता देवी यादव

१५. पिपरा–१, महोत्तरीका ३७ वर्षीय राम श्रेष्ठ

नेशनल सिटी अस्पताल, भरतपुरमा उपचाररत :

१. जनकपुर–८ का २८ वर्षीय आलोक कुमार राउत

२. जलेश्वर–५ का २० वर्षीय आदित्य कुमार सिंह

३. जलेश्वर–५ की ४३ वर्षीया रेखा सिंह

४. जलेश्वर–५ की २१ वर्षीया अञ्जली सिंह

५. राजदेवी–२, रौतहटका २१ वर्षीय मोनु कुमार महतो

६. गौर–९, रौतहटका ६६ वर्षीया गम्भिरा देवी ठाकुर

७. गरुडा–७, रौतहटका ५० वर्षीय विजय साह

८. गरुडा–७ की ४० वर्षीया उर्मिला कुमारी साह

९. बृन्दावन–३, रौतहटका ६२ वर्षीया सुनिता देवी मिश्र

१०. भारत, मोतिहारीका ३२ वर्षीय सुनिल प्रसाद

११. भारत, मोतिहारीकी २५ वर्षीया सुभद्रा कुमारी चौधरी

१२. भारत, मोतिहारीकी ७ वर्षीया पृया जैशवाल

१३. भारत, मोतिहारीकी ४ वर्षीया कृती जैशवाल

भरतपुर सरकारी अस्पतालमा उपचाररत :

१. लक्ष्मीनिया–४, धनुषाकी १९ वर्षीया दिव्या चौधरी

२. दुर्गाभगवती–२, रौतहटका ३० वर्षीय राजकिशोर दास

३. माधवनारायण–५, रौतहटका १९ वर्षीय रोशी कुमार साह

४. माधवनारायण–५, रौतहटका २५ वर्षीय राजु दास

५. भारत, मोतिहारीका २२ वर्षीय महमद साहेब

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुमान अनुसार तीव्र गतिका कारण पछाडिबाट बस ठोक्किँदा श्रृङ्खलाबद्ध दुर्घटना भएको बताइएको छ ।

सवारी साधनहरूलाई नियन्त्रणमा लिइएको र आवश्यक कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक