सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

रौतहटको दुर्गा भगवती गाउँपालिका–२ भलोहियास्थित सरस्वती प्राथमिक विद्यालयको नयाँ भवनको भव्य उद्घाटन

प्रदीप सम्राट, रौतहट ।

कार्तिक १९ गते , बुधबार ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–२ भलोहियामा अवस्थित सरस्वती प्राथमिक विद्यालयको नयाँ भवनको एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । विद्यालयको नव–निर्मित भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष शम्भू सिंहले प्रमुख आतिथ्यतामा सम्पन्न गर्नुभयो ।

उद्घाटन समारोहमा गाउँपालिकाका उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तव, कार्यपालिका सदस्य बिना महतो, विद्यालयका प्रमुख नरेन्द्र पाण्डे, पूर्व प्रमुख लिलाधर झा, समाजसेवी वीरेन्द्र पाण्डे, साथै स्थानीय बुद्धिजीवी वर्ग, अभिभावकवर्ग, शिक्षक–शिक्षिका र राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष सिंहले विद्यालय भवनको उद्घाटन गर्दै शिक्षाको गुणस्तर सुधार र भौतिक पूर्वाधार सुदृढीकरणमा गाउँपालिकाको निरन्तर प्रतिबद्धता रहने बताउनुभयो । उहाँले स्थानीय तहको सक्रियतामा निर्माण भएको यो भवनले विद्यालयका विद्यार्थीहरूलाई सहज र शैक्षिक वातावरणयुक्त अध्ययनमा सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रमका अन्य वक्ताहरूले पनि गाउँको शैक्षिक विकासमा यो भवनले नयाँ आयाम थप्ने उल्लेख गर्दै सबै पक्षलाई सहयोग र एकता कायम गर्न आह्वान गरे ।

सांस्कृतिक प्रस्तुति र विद्यार्थीहरूको स्वागत कार्यक्रमसहित सम्पन्न उक्त उद्घाटन समारोह उत्साहपूर्ण वातावरणमा सुसम्पन्न भएको विद्यालय स्रोतले जानकारी दिएको छ ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक