सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

फतुवा विजयपुरमा आन्दोलनरत शिक्षक र कर्मचारीको तलब–भत्ता समस्याको समाधानतर्फ ठोस प्रगति

शिलादीप अनलाईन खबर,

असोज २८ गते, मंगलबार ।

रौतहट । लामो समयदेखि तलब–भत्ताबिना आन्दोलनमा रहेका फतुवा विजयपुर नगरपालिकाका शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र सहयोगीहरूको समस्या समाधानतर्फ सकारात्मक प्रगति भएको छ।

सोमबार एक औपचारिक कार्यक्रममा कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरपालिकाका लेखा प्रमुख कामेश्वर सहनीलाई आर्थिक अख्तियारी हस्तान्तरण गरेकी छिन्। यो फाइल हस्तान्तरणको कार्य शिक्षक आन्दोलनका अगुवा सुबोध प्रसाद यादवको रोहबरमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा कार्यवाहक नगरप्रमुख खातुनले प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई तिहार, दीपावली र छठजस्ता प्रमुख चाडपर्वअघि सबै आन्दोलनरत शिक्षक र कर्मचारीलाई तलब–भत्ता वितरण सुनिश्चित गर्न आवश्यक प्रक्रिया तुरुन्त अघि बढाउन निर्देशन दिएकी छिन् ।

गत असोज २४ गतेदेखि तलब–भत्ताको माग गर्दै निरन्तर आन्दोलनमा रहेका शिक्षक र कर्मचारीका मागप्रति नगरपालिकाले देखाएको तत्परताले समाधानको संकेत स्पष्ट भएको स्थानीयहरूले बताएका छन्। नगरपालिकाले आवश्यक प्रशासनिक र वित्तीय प्रक्रिया सुरु गरेसँगै अब शिक्षक तथा कर्मचारीहरूका लागि तलब–भत्ता वितरणको बाटो खुलेको जनाइएको छ।

शिक्षक आन्दोलनका अगुवा सुबोध प्रसाद यादवले नगरपालिकाको पहलप्रति आभार व्यक्त गर्दै भने, “कार्यवाहक नगरप्रमुखको निर्णयले हामी सबैलाई राहतको अनुभूति भएको छ। अब तिहार र छठ पर्व अघिसम्म तलब–भत्ता प्राप्त हुने सम्भावना प्रबल बनेको छ।”

यो निर्णयसँगै लामो समयदेखि असन्तुष्ट रहेका शिक्षक र कर्मचारीहरूमा उत्साह जागेको छ ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक