सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

गरुडामा दशैं विशेष ‘स्व. मनोज कुमार चौधरी स्मृति म्याराथन दौड’ हुने

आर्यन पटेल, गरुडा ।
असोज १० गते, शुक्रबार।

दशैं–२०८२ को शुभ अवसरमा रेडियो मधेश मसला गरुडाको आयोजनामा स्व. मनोज कुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिता आगामी असोज १२ गते सप्तमीका दिन हुने भएको छ।
प्रतियोगिता गरुडा नगरको ऐतिहासिक र धार्मिक महत्व बोकेको दुर्गा मन्दिर प्राङ्गणबाट सुरु भई नेपाल पुलिस स्कुल, जिगडिया हुँदै पुनः दुर्गा मन्दिरमै समापन गरिनेछ।

आयोजक संस्थाका अनुसार, दौडमा सहभागी हुन इच्छुक व्यक्ति कम्तीमा १६ वर्ष पूरा भई बढीमा ३५ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ। यस नियममार्फत युवाबीच स्वस्थ प्रतिस्पर्धा र अनुशासनलाई प्रोत्साहन गर्न खोजिएको जनाइएको छ।
कार्यक्रमको प्रमुख प्रायोजक गरुडा नगरपालिकाकी उपप्रमुख तथा स्व. चौधरीकी धर्मपत्नी पुनम कुमारी चौधरी रहेकी छन्। उनले खेलकुदलाई समाज परिवर्तनको प्रभावकारी माध्यम भन्दै, “दशैं जस्तो ठूलो चाँडमा युवालाई खेलमार्फत एकताबद्ध गर्नु महत्त्वपूर्ण हुन्छ,” भन्ने धारणा व्यक्त गर्नुभएको छ।


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गरिनेछन्।
प्रथम हुनेले फ्रिज
द्वितीयले साइकल
तृतीयले राइस कुकर
चौथोले इलेक्ट्रिक जग
पुरस्कारस्वरूप प्राप्त गर्नेछन्। आयोजक समितिले पुरस्कारको आकर्षणसँगै खेलप्रति रुचि जगाउने उद्देश्य पनि रहेको स्पष्ट पारेको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

रौतहटको वृन्दावनमा कर्मचारी भर्ना विज्ञापन स्थगित

प्रदीप सम्राट, रौतहट । चैत १७ गते , मंगलबार । रौतहट...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक