प्रदीप सम्राट,रौतहट ,
असोज १० गते , शुक्रबार ।
गौर नगरपालिकामा संरक्षण क्षेत्रको स्थानियकरण तथा विपद् व्यवस्थापन विषयक एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी, रौतहट शाखाको आयोजनामा सम्पन्न उक्त कार्यशालामा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, उपप्रमुख, वडाअध्यक्षहरू र विभिन्न शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।

रेडक्रस सोसाइटी रौतहटका सभापति राजकिशोर प्रसाद यादवका अनुसार, तालिमको उद्देश्य विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्नु, संरक्षण क्षेत्रलाई प्रभावकारी रूपमा स्थानीय स्तरमा कार्यान्वयन गर्न सक्ने बनाउनु र विपद् पूर्वतयारीलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउनु रहेको हो।

कार्यशालामा सहभागीहरूले सम्भावित प्राकृतिक तथा मानवीय जोखिमहरू, स्थानीय तहका चुनौतीहरू र तिनको व्यवस्थापनका उपायबारे विस्तृत छलफल गरेका थिए।
























