रौतहट — दशैं, तिहार र छठ पर्वको अवसरमा मधेस रेडियो श्रोता संघ, फतुवा बिजयपुर–१०, दुधिअवाले कटहरिया एफएममा विशेष श्रोता मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता रामबाबु साहले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा आम जनता पार्टी (आजपा)का नेता तथा फतुवा बिजयपुर नगरपालिकाका मेयर पदका प्रत्यासी विजय यादव “निर्विज” उपस्थित रहनुहुँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
नेता यादवले बदलिँदो प्रविधिसँगै सञ्चारका माध्यमहरूमा परिवर्तन भए पनि रेडियो अझै पनि समुदायमा सबल र प्रभावकारी माध्यम रहेको उल्लेख गर्दै यसको महत्त्व झन् बढ्दो छ भन्ने धारणा राख्नुभयो।

सो कार्यक्रममा श्रोता, सञ्चारकर्मी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले रेडियोलाई केवल सूचना प्रसारणको माध्यम मात्र नभई सामाजिक रूपान्तरण र सांस्कृतिक चेतनाको आधारस्तम्भका रूपमा व्याख्या गर्दै स्थानीय एफएमहरूले समुदायको आवाजलाई निरन्तर प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

आयोजक संघले कार्यक्रममा सहभागी अतिथिहरूलाई खादा र टीका लगाई सम्मान गरेको थियो।

























