प्रदीप दास,रौतहट ।
असोज ०८ गते, बुधबार ।
रौतहट जिल्लाको गरुडा नगरपालिका–४ मा नवनिर्मित कृषि उपज संकलन केन्द्रको बुधबार विशेष समारोहका बीच उद्घाटन गरिएको छ। नगरप्रमुख कन्थमनी प्रसाद जैसवालले केन्द्रको उद्घाटन गर्दै किसानका उत्पादनलाई उचित मूल्य दिलाउन र बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन यस केन्द्र महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख जैसवालले कृषिलाई प्राथमिकतामा राख्दै नगरपालिका विभिन्न योजनाहरू अघि बढाइरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार अब किसानले उत्पादन गरेको तरकारी, फलफूल, अन्नलगायतका वस्तुहरू सहज रूपमा बिक्री वितरण गर्न सक्ने वातावरण बनेको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, किसान प्रतिनिधि, व्यापारी, समाजसेवीसहित स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने आशा व्यक्त गर्दै नगरपालिकाले अझ बढी सहुलियत, प्रविधि र तालिम उपलब्ध गराइदिनुपर्ने माग राखेका थिए ।
























