सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

सर्लाहीमा बस–ट्रक ठोक्किँदा ११ जना घाइते

शिलादीप खबर न्युज डेस्क,

असोज ०८ गते,बुधबार ।


सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित बाँके जंगलको दोस्रो लच्का नजिकै बुधबार दिउँसो यात्रुवाहक बस र चामल बोकेको ट्रक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।


घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको र उनीहरूलाई तत्काल उद्धार गरी बर्दिबासको शुभस्वस्तिक अस्पताल तथा लालबन्दीस्थित मोडल अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी चौकी फुलजोरले जानकारी दिएको छ।


प्रहरीका अनुसार काठमाडौँबाट विराटनगरतर्फ गइरहेको बागमती प्रदेश–०१–००६ ख ६३०६ नम्बरको ‘समय’ यात्री बस, जसमा ३९ जना सवार थिए, र महोत्तरीको रामगोपालपुरबाट भैरहवा जाँदै गरेको ना–६–ख २९२८ नम्बरको चामल लोड ट्रक एक–आपसमा ठोक्किएका थिए। ठक्करपछि दुवै सवारी साधन बाटो छेउतिर पल्टिएका छन्।


घटनाको जानकारी पाएपछि पाँच जना प्रहरीको टोली तुरुन्तै घटनास्थलमा खटिएको थियो। सडक अवरुद्ध नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेको विवरण
शुभस्वस्तिक अस्पताल, बर्दिबासमा उपचाररत :
लाल कुमारी श्रेष्ठ (४०), मोरङ, रंगेली नगरपालिका
युनिशका राउत (१५), मोरङ, रंगेली–९
सविता रेग्मी (३९), मोरङ, विराटनगर–३
प्रिसा भट्टराई (८), मोरङ, विराटनगर–३
रामशरण मण्डल, भारत (हाल काठमाडौँ बसोबास)
लोक बहादुर विक (५२), मोरङ, कोशी हरैचा–९


मोडल अस्पताल, लालबन्दीमा उपचाररत :
सविक्षा राई (२९), मोरङ, विराटनगर–४
चालक तथा सहचालक
ट्रक चालक : राजु चौधरी (२६), सर्लाही, हरिपुर्वा–८
ट्रक सहचालक : महेश महतो (२७), धनुषा, क्षिरेश्वर–७
बस चालक : प्रेम कोइराला (४०), मोरङ, विराटनगर–३
बस सहचालक : जनक चौधरी (४६), मोरङ, बेलबारी–४

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक