सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

नवरात्रको तेस्रो दिन आज माँ चन्द्रघण्टाको पूजा गरिदैं ।

शिलादीप खबर न्युज डेस्क ,
असोज ०८ गते ,बुधबार ।

दसैँको अवसरमा मनाइने नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना भइरहेको छ। नवरात्र आरम्भसँगै नौ देवीहरूको क्रमिक रुपमा पूजा गर्ने परम्परा रहेको छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दसैँ पर्वमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ। त्यसपछि क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गर्ने प्रचलन छ।

तेस्रो दिनको पूजा विधि घटस्थापनाको दिनझैं नै हुने परम्परा छ। बिहानै आत्मशुद्धि गरेर घटस्थापनामा राखिएको जमरामा नदी, खोलाबाट ल्याइएको पवित्र जलले सिंचन गर्ने चलन छ। यस दिन जलपूर्ण कलशमा पञ्चपल्लव अर्पण गरी देवी चन्द्रघण्टा सहित महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ।

नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्रको पाठसहित विशेष पूजा आयोजना गरिन्छ। भक्तजनहरू शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वाससहित देवीको आराधनामा सहभागी हुन्छन्।

नवरात्रको पूजाआर्चना आश्विन शुक्ल नवमीसम्म निरन्तर चल्ने र विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद ग्रहण गर्ने परम्परा छ।

यसरी करिब १५ दिनसम्म नेपाली समाजमा बडादसैँ पर्व भव्यताका साथ मनाइन्छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक