सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

गरुडा नगरपालिकाका नगर प्रमुख जैसवालले गरे श्री अनाथालय आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन

प्रदीप सम्राट, रौतहट ।

असोज ०२ गते, बिहीबार ।

रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले बिहीबार गरुडा नगरपालिका–४ स्थित वंशीराम जैसवाल अनाथालय परिसरमा निर्माण सम्पन्न भएको श्री अनाथालय आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा करिब ५५ लाखभन्दा बढी लागतमा बनेको दुई कोठे सुविधा सम्पन्न अत्याधुनिक डिजाइनयुक्त भवनको उद्घाटनपछि विद्यालयले अब सुरक्षित र आधुनिक वातावरणमा शैक्षिक सेवा प्रदान गर्न सक्ने भएको छ ।

उद्घाटन समारोहमा नगर प्रमुख जैसवाल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार चौधरी, प्रधानाध्यापक राजवंशी प्रसाद, विभिन्न वडाध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका नेताकार्यकर्ता, समाजसेवी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसअघि विद्यालयका विद्यार्थीहरू वर्षौंदेखि जीर्ण र जर्जर भवनमा जोखिम मोलेर पढ्न बाध्य थिए। जुन भवन जुनसुकै बेला भत्किन सक्ने अवस्थामा पुगेको हुँदा विद्यार्थी तथा शिक्षकहरू निरन्तर त्रास र असुरक्षाबीच शिक्षण–अध्ययन गर्दै आएका थिए। तर अब नयाँ भवन निर्माण सम्पन्न भएपछि त्यस्तो बाध्यता अन्त्य भएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख जैसवालले शिक्षामा लगानीलाई नै दिगो विकासको आधार मान्दै नगरपालिकाले शैक्षिक पूर्वाधार निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो, “अनाथ र विपन्न विद्यार्थीहरूलाई सुरक्षित वातावरणमा शिक्षा दिन पाउनु हाम्रो लागि ठूलो सन्तोषको कुरा हो। यस भवनले विद्यालय मात्र होइन, सम्पूर्ण समुदायलाई शिक्षा क्षेत्रमा आत्मविश्वास दिलाउनेछ।”

स्थानीय अभिभावक र समाजसेवीहरूले समेत नयाँ भवन बनेसँगै अब विद्यार्थीहरूले सजिलो, सुरक्षित र व्यवस्थित वातावरणमा पढ्न पाउने विश्वास व्यक्त गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार चौधरीले विद्यालयको शैक्षिक गुणस्तर उकास्न अबको चुनौती प्रभावकारी पठन–पाठन र दक्ष जनशक्ति व्यवस्थापन हुने बताउनुभयो।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

रौतहटको वृन्दावनमा कर्मचारी भर्ना विज्ञापन स्थगित

प्रदीप सम्राट, रौतहट । चैत १७ गते , मंगलबार । रौतहट...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक