सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

सप्तकोशीमा जलसतह बढ्दै, कोशी ब्यारेजका २७ ढोका खुला

शिलादीप खबर न्युजडेस्क,

भदौ ०१ गते , बुधबार ।

सप्तकोशी नदीमा लगातार पानीको सतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ मध्ये २७ ढोका खोलिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार आज बिहान ११ बजे गरिएको मापनमा पानीको बहाव प्रति सेकेन्ड २ लाख ७ हजार ३० क्युसेक पुगेपछि ढोका थप खोलिएको हो । यसअघि मंगलबार राति १० बजे प्रवाह १ लाख ८२ हजार २८७ क्युसेक मात्र रहेकाले २४ ढोका मात्र खोलिएको थियो ।

गत भदौ १७ गते कोशीमा बहाव उच्च हुँदा ३८ ढोका खोल्नुपरेको थियो । त्यसपछि केही दिन बहाव घट्दो क्रममा रहे पनि बुधबार बिहानदेखि पुनः तीव्र गतिमा पानी बढ्न थालेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था छ । सोहीअनुसार हाल ब्यारेजमा रातो बत्ती बलिरहेको कन्ट्रोल रुमले जनाएको छ ।

विशेषज्ञहरूका अनुसार हालैका दिनमा पहाडी क्षेत्रमा भएको लगातार वर्षाले सप्तकोशीमा जलसतह बढ्न थालेको हो । यसले तल्लो तटीय क्षेत्रका बासिन्दामा सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक