सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

विश्वकर्मा पूजा एवं वास्तु दिवस आज देशभर श्रद्धापूर्वक मनाइँदै

शिलादीप खबर न्युजडेस्क,

असोज १ गते, बुधबार ।

कन्या संक्रान्तिको अवसरमा आज कालिगढ, प्राविधिक तथा मजदुर समुदायले ‘विश्वकर्मा पूजा’ र ‘वास्तु दिवस’ देशभर श्रद्धा र उत्साहका साथ मनाइरहेका छन् ।

यस दिन विभिन्न उद्योग–धन्दा, कारखाना र निर्माण स्थलमा भगवान् विश्वकर्माको बालुवामूर्त्ति वा तस्वीर स्थापना गरी पूजाआर्चना गर्ने परम्परा रहेको छ । उद्योग र कलकारखानाहरूलाई विशेष रूपमा सजाइन्छ भने कामदार र मजदुरहरूलाई समेत सहभागी गराई सामूहिक रूपमा पूजा सम्पन्न गरिन्छ ।

पूजापछि बालुवा वा अन्य वस्तुबाट बनाइएका मूर्तिहरूलाई वाग्मतीको मुहानस्थल सुन्दरीजलसहितका पवित्र नदी वा जलाशयमा विसर्जन गर्ने प्रचलन छ । 

कालिगढहरूले आफ्ना उपकरण र औजारहरूको पनि विशेष पूजा गर्ने चलन छ । यसरी पूजा गरेपछि ती औजार लामो समयसम्म टिक्ने, बिग्रन नदिने र राम्रो काम हुने विश्वास गरिन्छ ।

धार्मिक ग्रन्थअनुसार द्वापर युगमा भगवान् कृष्णलाई दैत्यहरूको आक्रमणबाट सुरक्षित गर्न विश्वकर्माले समुद्रबीच ‘भेद द्वारका’ नामक नगरी निर्माण गरेका थिए भन्ने जनविश्वास छ । यही कारणले विश्वकर्मालाई ‘देवशिल्पी’ अर्थात् सृष्टिकर्ता इन्जिनियरका रूपमा पूजिन्छ ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक