सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

बरहथवा एफएम १०१.१ मेगाहर्ज १३ औं वर्षमा प्रवेश

प्रदीप सम्राट,रौतहट ।

असोज १ गते, बुधबार ।

सर्लाहीको ऐतिहासिक बजार बरहथवामा अवस्थित बरहथवा एफएम १०१.१ मेगाहर्जले आजदेखि आफ्नो १३ औं वर्षको यात्रा सुरु गरेको छ । विश्वकर्मा पूजाको पावन अवसरमै स्थापना भएको यस एफएमले निरन्तर १२ वर्षको सफल प्रसारण यात्रा पूरा गर्दै बुधबारदेखि १३ औं वर्षमा प्रवेश गरेको हो ।

२०७० साल असोज १ गते परीक्षण प्रसारणमार्फत आफ्नो यात्रा सुरु गरेको बरहथवा एफएम आज सर्लाही मात्र नभई आसपासका जिल्लाहरुमा समेत एक परिचित सञ्चार माध्यमको रुपमा स्थापित भइसकेको छ । आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष असोज १ गतेलाई वार्षिकोत्सवका रूपमा मनाउँदै आएको यस एफएमले यसपटक पनि विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

बरहथवा नगरपालिका–५ मा रहेको यस एफएमले स्थापना कालदेखि नै “आवाज विहिनका आवाज” बन्ने प्रतिबद्धता जनाउँदै स्थानीय समस्या, सरोकार र मुद्दाहरुलाई प्राथमिकताका साथ प्रसारण गर्दै आएको छ । ग्रामीण भेगका सामान्य नागरिकदेखि लिएर सर्वसाधारणको आवाजलाई सशक्त रूपमा उठान गर्ने कार्यमा बरहथवा एफएम अग्रसर रहँदै आएको छ ।

कार्यक्रमका क्रममा बोल्दै बरहथवा एफएमका प्रबन्धक निर्देशक घनश्याम सिंहले एफएमको १२ वर्षे सफल यात्रामा साथ दिने सम्पूर्ण विज्ञापनदाता, श्रोता, सहयोगी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका थिए । उनले आगामी दिनमा अझ गुणस्तरीय सामग्रीसहित एफएमलाई थप प्रभावकारी र श्रोतामुखी बनाउने प्रतिबद्धता पनि जनाए ।

उनले भने, “बरहथवा एफएमलाई आजको स्थानमा ल्याउन सहयोग गर्ने सबैलाई हामी कृतज्ञ छौं । आगामी दिनमा पनि यही विश्वास, माया र समर्थन जारी रहने अपेक्षा गर्दछौं ।”

बरहथवा एफएमले निरन्तर समाचार, विचार, मनोरञ्जन, शिक्षा र चेतनामूलक कार्यक्रममार्फत स्थानीय समाजलाई सूचित र सचेत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । १३ औं वर्ष प्रवेशसँगै यस एफएमले श्रोताहरुको मन जित्ने थप नवीन कार्यक्रम ल्याउने तयारी गरेको जनाएको छ ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक