सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

नयाँ पुस्ताले गरेको आन्दोलन आज रक्तपातमा परिणत

भदौ २३ गते, सोमबार ।

काठमाडौं— सरकारले सामाजिक सञ्जाल बन्देज र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताले गरेको आन्दोलन आज रक्तपातमा परिणत भएको छ।

राजधानीमा भएको प्रहरी–प्रदर्शनकारीबीचको झडपमा हालसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।

ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार, एक्लै ट्रमा सेन्टरमा ६ जनाको ज्यान गएको छ। सिभिल अस्पतालमा तीन, एभरेष्ट अस्पतालमा तीन र काठमाडौं मेडिकल कलेजमा एक जनाको मृत्यु भएको स्रोतले जनाएको छ। घाइतेको संख्या बढ्दो क्रममा छ।

बिहान माइतीघरबाट शान्तिपूर्ण रुपमा सुरु भएको जुलुस नयाँ बानेश्वर पुग्दा तनावपूर्ण बन्यो। प्रहरीको ब्यारिकेड तोड्ने क्रममा भिड उग्रिएपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रयोग गर्यो। तर, प्रदर्शनकारी नरोकेपछि संसद भवन वरिपरि ढुंगामुढा र आगजनी सुरु भयो।

सुरक्षा घेरा तोडेर संसद भवनभित्रै छिरेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर थुप्रै प्रदर्शनकारी ढलेका छन्, जसमा पत्रकार समेत घाइते छन्।

स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ। तर, कर्फ्यू उल्लंघन भएपछि सेना परिचालन गरिएको छ। सेनाको गाडी समेत प्रदर्शनकारीले घेरेर रोक्ने प्रयास गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

यता, सिभिल, वीर र ट्रमा सेन्टरसहितका अस्पतालहरू घाइतेले भरिएका छन्। सिभिल अस्पतालमा मात्रै सयौं घाइते उपचारका लागि पुगेका थिए। ठाउँ नपुग्दा भुइँमै राखेर उपचार गरिएको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक