शिलादीप खबर डेस्क ,
भदौ १६ गते ,सोमबार ।
चितवन — चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा आज बिहान भएको बस–मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल बिहान करिब ९ः४० बजे आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
घाइते चालकलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ। मृतकको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।
घटनापछि बस चालक लमजुङको बेसीसहर नगरपालिका–११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिइएको छ। हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























