सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

संघीय समाजवादी महिला संगठनको तदर्थ समिति गठन : महिलाको अधिकारका लागि नयाँ ऐतिहासिक यात्रा


शिलादीप खबर डेस्क ,
भदौ १६ गते ,सोमबार ।

नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा संघीय समाजवादी महिला संगठनको केन्द्रीय तदर्थ समिति काठमाडौँको बिजुली बजारस्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य कार्यक्रमकाबीच घोषणा गरिएको छ। यो ऐतिहासिक कदमलाई महिलाहरूको अधिकार, समान सहभागिता र न्यायको यात्रामा नयाँ अध्यायको रूपमा हेरिएको छ।

कार्यक्रमको अध्यक्षता पार्टीकी उपाध्यक्ष तथा केन्द्रीय महिला इन्चार्ज सीमा खानले गर्नुभयो भने सञ्चालन उपमहासचिव जनकबहादुर कार्कीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टी महासचिव अनन्त राईको विशेष उपस्थिति रहेको थियो। साथै, उपमहासचिव जावेद अली अन्सारी, सचिव दिनेश पाख्रिन, केन्द्रीय सदस्य राजेन्द्र रामसहित पार्टीका अन्य नेतागण र उल्लेख्य संख्यामा महिला कार्यकर्ताहरू सहभागी थिए।

महासचिव अनन्त राईले भावुक शैलीमा महिलाको अधिकारको सवाललाई अगाडि सार्दै भन्नुभयो–
“महिलाले अब ३३ प्रतिशत मात्र होइन, ५० प्रतिशत समान अधिकारको लागि संघर्ष गर्नुपर्छ। यो लडाइँ महिलाको मात्र होइन, हाम्रो सामूहिक लडाइँ हो। नेपाल सङ्घीय समाजवादी पार्टी महिलासँग पूर्ण रुपमा उभिन्छ।”

त्यस्तै, उपमहासचिव जावेद अली अन्सारीले संगठन विस्तारको जिम्मेवारीलाई ऐतिहासिक अवसरको रूपमा व्याख्या गर्दै भन्नुभयो–
“आज केन्द्रमा गठन भएको यो संगठन अब देशभरि फैलिनुपर्छ। वडासम्म पुगेर महिलामा राजनीतिक र सामाजिक चेतना जगाउन सकियो भने मात्र हाम्रो संघर्ष सफल हुन्छ।”

केन्द्रीय सचिव दिनेश पाख्रिनले अझ गहिरो भावनासहित महिलाको वास्तविक पीडा उजागर गर्दै भन्नुभयो–
“नेपालमा महिलालाई अझै दासीझैँ व्यवहार गरिन्छ, बोक्सीको आरोपमा पिल्साइन्छ। संविधानले अधिकार दिए पनि समाजले स्वीकार नगरेको यथार्थ छ। त्यसैले हाम्रो संगठनले देशभर राजनीतिक प्रशिक्षणमार्फत यो अन्यायविरुद्ध चेतना जगाउनैपर्छ।”

केन्द्रीय सदस्य राजेन्द्र रामले दलित, मुस्लिम र पछाडि पारिएका महिलाको मुद्दा जोड्दै भन्नुभयो–
“सबैभन्दा बढी वञ्चित त दलित, मुस्लिम र पिछडिएका वर्गका महिलाहरू हुन्। यो संगठनले उनीहरूको बीचमा विशेष अभियान सञ्चालन गरेर बलियो जालो बनाउनैपर्छ।”

कार्यक्रम सञ्चालन गर्दै उपमहासचिव जनक कार्कीले संगठनलाई निरन्तर संघर्षमार्फत मजबुत बनाउनु पर्ने धारणा राख्दै भन्नुभयो–
“हामी महिलाको सवाललाई केवल औपचारिकतामा सीमित राख्न सक्दैनौं। महिला संगठन हाम्रो पार्टीको मेरुदण्ड बन्नेछ। यो संगठनले हरेक गाउँ, हरेक बस्ती र हरेक घरमा महिलाको आवाज पुर्‍याउनुपर्छ। महिलाले अब आफ्नो अधिकार पर्खेर होइन, संघर्ष गरेर जित्ने हो।”

कार्यक्रमको अध्यक्षता गर्दै उपाध्यक्ष सीमा खानले महिलालाई संघर्ष र शिक्षा दुवै आवश्यक रहेको जोड दिँदै भन्नुभयो–
“अधिकार खोजेर मात्र पुग्दैन, पढ्नुपर्छ, संगठित हुनुपर्छ र लड्नुपर्छ। संघीय समाजवादी महिला संगठनले देशभर महिलालाई एकताबद्ध गर्दै बलियो आन्दोलन खडा गर्नेछ।”

भेलाले १७ सदस्यीय केन्द्रीय तदर्थ समिति र ५ सदस्यीय दस्तावेज निर्माण समिति गठन गरेको छ। संयोजकमा प्रेमा मगर, उप–संयोजकमा रेनु डङ्गोल, महासचिवमा निर्मला बराल, सचिवमा जानुका सुनुवार राई, कोषाध्यक्षमा फुलमाया वाइवा चयन भएका छन्।

त्यसैगरी, आसिमा खातुन, शेख अमिना खातुन, अन्जु सिंह ठकुरी, नानीमाया वाइवा, तबसम्म खातुन, अख्तरी खातुन, रोशन खातुन, सन्ध्या लिम्बु, रमा महर्जन, सिमा लामा र रुपा लामा सहित ११ जना सदस्यहरू चयन भएका छन्।

भेलाले आगामी एक वर्षभित्र ७७ वटै जिल्लामा समिति विस्तार गर्ने, सदस्यता अभियान सञ्चालन गर्ने, राजनीतिक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र संघीय समाजवादी महिला संगठनको प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने ऐतिहासिक निर्णय पनि गरेको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक