सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

७ कक्षाकी छात्रामाथि प्रिन्सिपलको अनैतिक दबाब, ‘लभ लेटर’ प्रकरणमा पक्राउ

शिलादीप खबर डेस्क ,
भदौ १६ गते, सोमबार ।

उत्तर प्रदेश, भारत — विद्यालयलाई शिक्षा र संस्कारको मन्दिर भनिन्छ, तर अलीगढस्थित एक सरकारी विद्यालयका प्रिन्सिपलले आफ्नै मर्यादालाई ख्याल नगरी विद्यार्थीलाई नै ‘लभ लेटर’ पठाएको घटनाले सबैलाई स्तब्ध पारेको छ ।

जवाँ ब्लकअन्तर्गतको गाउँमा रहेको सो विद्यालयका प्रिन्सिपल शकिल अहमदले सातौँ कक्षामा पढ्ने एक छात्रालाई बारम्बार प्रेमपत्र पठाउँदै आफूसँग बिहे गर्न दवाब दिएको खुलासा भएको हो ।

बालिकाले घरमा सारा घटना सुनाएपछि परिवारले तत्काल प्रहरीमा उजुरी दिएको र त्यसपछि प्रिन्सिपल अहमदलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रेमपत्रमा उनले “म तिमीलाई धेरै मन पराउँछु, तिमीलाई आफ्नो पत्नी बनाउन चाहन्छु” भन्ने खालका अशोभनीय शब्द प्रयोग गरेको उल्लेख गरिएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै स्थानीयबासी र पीडित परिवार आक्रोशित बनेका छन् । हाल आरोपी प्रिन्सिपललाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक