सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

फतुवा विजयपुरको दुधियवामा नि:शुल्क आँखा शिविर सम्पन्न

शिलादीप अनलाईन खबर,

चैत १२ गते , बिहीबार।

रौतहट जिल्लाको फतुवा विजयपुर वडा नम्बर १० मा आज एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त शिविरमा बिहान ९ बजे देखि ३ बजे सम्म १४२ जना आँखा बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरको आयोजना वडा नम्बर १० का वडाध्यक्ष मन्जय चौधरीको पहलमा भएको हो।

कार्यक्रममा तिलगंगा सामुदायिक आँखा अस्पताल, निजगढका अप्टोमेट्रिस्ट डा. दीपक सुबेदी, कृषि शाखा अधिकृत दीपक चौधरी, स्थानीय जनप्रतिनिधिहरु, भरभलादमी र विभिन्न सञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो।

वडाध्यक्ष मन्जय चौधरीका अनुसार, शिविरमा मोतिया बिन्दुका २५ जना बिरामीहरु छनोट भएका छन्। ती बिरामीहरुका लागि तिलगंगा सामुदायिक अस्पताल निजगढमा नि:शुल्क अप्रेशनको व्यवस्था गरिएको छ।

यस शिविरले स्थानीय समुदायलाई आंखाका समस्याहरुको समाधान दिन महत्त्वपूर्ण भूमिका खेलेको छ र वडाध्यक्ष चौधरीले यस्तो प्रयासलाई निरन्तरता दिने बताएका छन्।

यस शिविरले स्थानीयहरूलाई आँखाका स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण जानकारी र उपचार सेवा प्रदान गरेको छ, जसले धेरैलाई लाभ पुर्याएको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक