सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

बृन्दावन नगरपालिकाद्वारा बेरोजगार सूचीकृत हुने सम्बन्धी सूचना जारी

प्रदीप कुमार दास,रौतहट ।

चैत १० गते, मंगलबार।

रौतहटको बृन्दावन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने विभिन्न रोजगारमूलक कार्यक्रमहरूमा सहभागी गराउने उद्देश्यले बेरोजगार व्यक्तिहरूको तथ्यांक संकलन प्रक्रिया सुरु गरेको छ। यसका लागि नगरपालिकाले एक सूचना जारी गर्दै इच्छुक नागरिकहरूलाई बेरोजगार सूचीमा सूचीकृत हुन आह्वान गरेको हो।

नगर कार्यपालिकाको कार्यालय (रोजगार सेवा केन्द्र), बिश्रामपुरद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४, रोजगारीको हक सम्बन्धी ऐन, २०७५ तथा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ बमोजिम बेरोजगार व्यक्तिहरूको सूची तयार गरिने भएको हो।

सूचनाअनुसार १८ वर्ष पूरा भई ५९ वर्ष ननाघेका, हाल बेरोजगार रहेका व्यक्तिहरूले आफू स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित चैत मसान्तभित्र निवेदन दिनुपर्नेछ। यसरी सूचीकृत भएका व्यक्तिहरूलाई संघीय, प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने विभिन्न रोजगार तथा आयआर्जन कार्यक्रमहरूमा प्राथमिकताका साथ सहभागी गराइने जनाइएको छ।

नगरपालिकाले आवश्यक कागजातको रूपमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सीपमूलक तालिम लिएको भए त्यसको प्रमाण, परिवारका सदस्यहरूको नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र बसाइँसराइ गरेको भए सम्बन्धित प्रमाणपत्र पेश गर्नुपर्ने जनाएको छ।

नगरपालिकाले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार: बृन्दावन नगरपालिकाको समृद्धिको आधार” भन्ने नारासहित नागरिकलाई रोजगारीका अवसरसँग जोड्ने लक्ष्य लिएको जनाएको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक