सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

बृन्दावनमा लामखुट्टे नियन्त्रण अभियान तीव्र, डेंगु–मलेरियाबाट जोगिन नगर प्रमुख कुर्मी सक्रिय

प्रदीप सम्राट, रौतहट

चैत ०९, सोमबार ।

गर्मी मौसमको सुरुवातसँगै रौतहटको बृन्दावन नगरपालिकामा लामखुट्टेको आतंक बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि व्यापक अभियान सुरु गरिएको छ। डेंगु र मलेरिया जस्ता सरुवा रोग फैलिन सक्ने जोखिम बढेपछि नगरपालिकाले पूर्वसावधानीस्वरूप विषादी छर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको हो।

नगर प्रमुख विनोद प्रसाद कुर्मीका अनुसार प्रारम्भिक योजना अनुसार चैत १३ गतेदेखि अभियान सुरु गर्ने तयारी भए पनि नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निर्धारित मितिभन्दा अघि नै कार्य थालिएको हो। “जनताको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो,” उनले भने, “त्यसैले तत्कालै प्रभावकारी कदम चाल्न आवश्यक ठानेर आजैदेखि वडा नं. ८ बाट ‘एयर स्प्रे’ सुरु गरेका छौं।”

नगरपालिकाले बिहान र बेलुका निश्चित तालिका बनाएर विषादी छर्ने व्यवस्था मिलाएको जनाएको छ। ‘एयर स्प्रे’सँगै पम्प स्प्रे प्रविधि प्रयोग गरेर घर–घर नजिकका स्थानमा समेत विषादी छरिनेछ। साथै, लामखुट्टेको लार्भा नष्ट गर्ने उद्देश्यले पानी जम्ने स्थानहरूको पहिचान गरी विशेष अभियान पनि सँगसँगै सञ्चालन गरिएको छ।

प्राविधिक समस्या अर्थात् मेशिन बिग्रिएका कारण केही ढिलाइ भए पनि अहिले अभियान प्रभावकारी रूपमा सञ्चालनमा आएको नगर प्रमुख कुर्मीले जानकारी दिए। उनका अनुसार अबको एक साताभित्र नगरभित्रका सबै ९ वटै वडामा चरणबद्ध रूपमा अभियान सम्पन्न गरिनेछ।

नगरपालिकाले वडास्तरमै योजना निर्माण गरी स्थानीय जनप्रतिनिधि र कर्मचारीको समन्वयमा अभियानलाई थप प्रभावकारी बनाउने रणनीति लिएको छ। यस अभियानलाई सफल बनाउन स्थानीय बासिन्दाको सक्रिय सहभागिता अपरिहार्य हुने भन्दै नगरपालिकाले सबैलाई सचेत रहन आग्रह गरेको छ।

वृन्दावन नगरपालिका द्वारा जनहितमा जारी संदेश ।

विशेषगरी घर वरिपरि पानी जम्न नदिन, फोहोर व्यवस्थापनमा ध्यान दिन, पुराना टायर, भाँडा वा अन्य वस्तुमा पानी थुप्रिन नदिन तथा नियमित सरसफाइ गर्न नागरिकलाई अनुरोध गरिएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता साना सावधानीले नै डेंगु र मलेरिया जस्ता रोगबाट बच्न ठूलो मद्दत पुग्ने गर्दछ।

वृन्दावन नगरपालिका द्वारा जनहितमा जारी संदेश ।

बढ्दो गर्मीसँगै देखा पर्ने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न नगरपालिकाले थालेको यो अभियानले स्थानीयवासीमा सकारात्मक सन्देश दिएको छ। समयमै गरिएको यस्तो पहलले सम्भावित महामारीलाई नियन्त्रणमा लिन सक्ने देखिएको छ ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक