सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

रौतहटमा नक्कली सुन कारोबारको आशंकामा चार जना पक्राउ

रौतहट, चैत १० — 

रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित एक होटलबाट नक्कली सुनजस्तो देखिने धातुसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध रूपमा सुनचाँदीको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चैत १० गते अपराह्न करिब ४:४५ बजे चन्द्रपुरस्थित जगत रिसोर्ट होटलमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली खटाइएको थियो। प्रहरी नायव उपरीक्षक रुपा लाबुङको नेतृत्वमा पुगेको टोलीले होटलको कोठा नम्बर १०२ मा जाँच गर्दा चार जना व्यक्तिलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

प्रहरीले उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा “PAMP” र “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखिएका प्याकेटमा राखिएको पहेंलो धातुका ७ थान टुक्रा बरामद गरेको जनाएको छ, जुन नक्कली सुन भएको आशंका गरिएको छ।

त्यसैगरी घटनास्थलबाट ६ थान मोबाइल फोन र “ANTICK MAGNIFYING BINOCULAR” लेखिएको एक उपकरणसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा ती व्यक्तिहरूले नक्कली सुन प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्ने उद्देश्य राखेको खुलेको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ (हाल भारत दार्जिलिङ बसोबास), चन्द्रपुर–१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई–६ का ३८ वर्षीय रुपकेश राय यादव तथा भारत पश्चिम बंगाल सिलिगुडीका ३० वर्षीय संजोक बस्नेत रहेका छन्।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक