सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

सिसवा धमौरामा होली मिलन: नगर प्रमुख विनोद प्रसाद कुर्मीको शुभकामना र अशक्तलाई सहयोग 

प्रदीप सम्राट, रौतहट ।

फागुन १६ गते, शनिबार ।

रौतहट — वृन्दावन नगरपालिका का नगर प्रमुख विनोद प्रसाद कुर्मी ले वडा नं. ६ अन्तर्गत सिसवा धमौरामा आयोजित होली मिलन तथा जनभेटघाट कार्यक्रममा सहभागिता जनाउँदै स्थानीयवासीसँग आत्मीय संवाद गर्नुभएको छ। वडा सदस्य महेन्द्र दास को निमन्त्रणालाई स्वीकार गर्दै शनिबार सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख कुर्मीको उपस्थितिले स्थानीय स्तरमा उत्साह थपिएको थियो।

कार्यक्रममा सयौँ सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। नगर प्रमुख कुर्मीले होली पर्वको सन्दर्भ पारेर उपस्थित जनसमुदायलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो। उहाँले होलीजस्तो रंगीन पर्वलाई सद्भाव, आपसी भाइचारा र सामाजिक एकताको प्रतीकका रूपमा लिनुपर्नेमा जोड दिँदै शान्तिपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गर्नुभयो।

सो अवसरमा उहाँले नगरवासीका गुनासा, आवश्यकता र विकाससम्बन्धी अपेक्षाबारे प्रत्यक्ष रूपमा चासो लिँदै आफू सधैं जनताको समस्याप्रति संवेदनशील र समाधानमुखी रहेको प्रतिबद्धता दोहोर्‍याउनुभयो। “जनताको सेवा नै मेरो पहिलो दायित्व हो, यहाँ उठेका हरेक जायज मागप्रति म गम्भीर छु,” नगर प्रमुख कुर्मीले भन्नुभयो।

कार्यक्रमको विशेष क्षणका रूपमा शिलादीप अनलाईन खबर प्रा.लि. का सञ्चालक/अध्यक्ष तथा राष्ट्रिय दलित पत्रकार महासंघ रौतहट जिल्ला कार्यसमितिका कोषाध्यक्ष प्रदीप कुमार दास ले नगर प्रमुख कुर्मीलाई माला तथा गम्छा ओढाएर सम्मान गर्नुभएको थियो। यसले कार्यक्रममा थप गरिमा प्रदान गरेको थियो।

सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै नगर प्रमुख कुर्मीले सिसवा धमौराका खुट्टाको अशक्तताबाट पीडित जमाहिर दास तथा प्यारालाइसिसबाट ग्रसित राजेन्द्र दास तत्मालाई नगद आर्थिक सहयोग समेत हस्तान्तरण गर्नुभयो। उहाँको उक्त सहयोगले विपन्न तथा असहाय परिवारमा राहतको अनुभूति गराएको स्थानीयले बताएका छन्।

कार्यक्रममा वडा अध्यक्ष मजहर मन्सुर, युवा नेता तथा नेकपा जिल्ला कमिटी सदस्य धर्मेन्द्र पटेल, नगर सचिव प्रेम पटेल, वैजु पटेल, हरिनारायण पटेल, वडा सदस्य महेन्द्र दास, युवा समाजसेवी मुन्ना दास, बसन्त राय, रघुनाथ दास, विश्वनाथ दास, उपेन्द्र दास, सन्दीप दासलगायत स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

होली मिलन कार्यक्रमले स्थानीय तह र जनप्रतिनिधिबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै सामाजिक सद्भाव र सहकार्यको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ। नगर प्रमुख कुर्मीको सक्रियता र जनतासँगको प्रत्यक्ष संवादले आगामी दिनमा नगरका विकास गतिविधिमा थप गति आउने देखिएको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक