सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

जेनजी प्रतिनिधिहरू समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी ,रौतहटले स्वास्थ्य मन्त्रालय पाउने 

शिलादीप अनलाईन खबर,

२५ असोज, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताका प्रतिनिधिहरूलाई समेट्दै मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुर्याएकी छिन्। प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार आगामी सोमबार नयाँ चार मन्त्रीहरूले शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

विश्वसनीय स्रोतका अनुसार नयाँ मन्त्रीको नाम टुंगो भइसकेको छ। सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने चार नयाँ मन्त्रीहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन्।

प्रधानमन्त्रीको योजनाअनुसार श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

तर, प्रधानमन्त्री कार्कीले टासीको नाममा अझै केही अन्तिम छलफल गरिरहेकी स्रोतले जनाएको छ।

– गणपतिलाल श्रेष्ठ देशका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरू जोगाउन सधैं अग्रसर अभियन्ताका रूपमा परिचित छन्। उनले भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेत्रमा सिमेन्ट र कंक्रीट प्रयोगविरुद्ध, बालगोपालेश्वर मन्दिरमा गरिएको रड प्रयोग र खुलामञ्चको व्यापारीकरणविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्।

– बब्लु गुप्ता सामाजिक अभियन्ताका रूपमा जेनजी आन्दोलनका अगुवामध्ये एक हुन्। कोभिड–१९ महामारीका बेला उनले नि:शुल्क खाना अभियान सञ्चालन गरे र ‘कपडा बैंक’ स्थापना गरेर सहयोगको नयाँ उदाहरण प्रस्तुत गरे। हाल उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० जना आर्थिक रूपमा कमजोर विद्यार्थीलाई पढाइरहेका छन्। साथै, बिरामीहरूका लागि रगत खोज्ने स्वयंसेवी अभियन्ता पनि हुन्।

– रामजी राम रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो एमबीबीएस चिकित्सक हुन्। अध्ययनको क्रममा अतिरिक्त शुल्क मागेर कलेजले थिचोमिचो गर्दा पनि उनले हार मानेनन् र डाक्टर बन्न सफल भए। उनी अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउन लागेका छन्। राम पनि अनलाइनखबरले प्रत्येक वर्ष चयन गर्ने ‘४० मुनीका ४०’ सूचीमा परेका युवा हुन्।

– हुम्लाको लिमि भ्यालीस्थित नाम्खा गाउँपालिकामा जन्मिएकी टासी ल्हाजोम जलवायु परिवर्तनको मुद्दामा पैरवी गर्ने युवामध्ये एक हुन्। गाउँको कठिन जीवन देखेपछि उनले काठमाडौंमा अध्ययनकै क्रममा जलवायु न्यायको आवाज उठाउन थालेकी थिइन्। दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नातक गरेकी टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

प्रधानमन्त्री कार्कीले जेनजी पुस्ताका अन्य युवाहरूलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्ने तयारी गरेको स्रोतले बताएको छ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले २७ भदौमा ग्रहण गरेकी थिइन्। त्यसयता उनले दुई पटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन्।

हाल प्रधानमन्त्री कार्की सहित मन्त्रिपरिषद्मा ८ जना सदस्य रहेका छन्  र आगामी सोमबारपछि यो संख्या १२ पुग्नेछ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक