सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

वडा अध्यक्षहरूद्वारा तालाबन्दी गरी जनसेवामा बाधा, मेयर जयसवालको आपत्ति

शिलादीप अनलाईन खबर,

असोज २२, रौतहट ।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले आफू कर्मचारीहरूको तलब भत्ता निकासा गर्न पूर्ण रूपमा तयार हुँदाहुँदै पनि केही वडा अध्यक्षहरूले बिना कारण वडा कार्यालयमा तालाबन्दी गरेर जनसेवामा अवरोध पुर्‍याएको आरोप लगाएका छन्।

बुधबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर जयसवालले नगरपालिकामा कार्यरत स्थायी, अस्थायी, करार तथा ज्यालादारी सबै प्रकारका कर्मचारीको बाँकी तलब भुक्तानी गर्न आफू तयार रहेको स्पष्ट पारे। उनले भने, “तलबका लागि आवश्यक रकम रेडबुकमा नै छुट्याइसकिएको छ, तर वडा अध्यक्षहरूले विवरण नदिँदा ढिलाइ भइरहेको हो।”

उनका अनुसार नगरपालिकाले सबै वडालाई कर्मचारीहरूको हाजिरी रजिस्टर, नियुक्तिपत्र, करार सम्झौता र अन्य आवश्यक कागजातहरू पालिकामा पठाउन पटक–पटक पत्राचार गरिसकेको छ। “कसले कति समय काम गर्‍यो भन्ने विवरण नआउँदा तलब भुक्तानीमा समस्या भएको हो,” मेयर जयसवालले स्पष्ट पारे।

तर, केही वडा अध्यक्षहरूले कर्मचारीको तलब रोकिएको भ्रम फैलाउँदै मेयरविरुद्ध गलत प्रचार गर्दै वडा कार्यालयमै ताल्चा लगाएको उनको आरोप छ। “जनतालाई सेवाबाट वञ्चित गरी राजनीतिक स्वार्थपूर्तिका लागि तालाबन्दी गर्नु जनताको अपमान हो,” उनले भने।

मेयर जयसवालले पालिकाभित्र रहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको तलब भुक्तानी गरेर त्यसपछि दरबन्दी बाहेकका सबै नियुक्ति र करार समाप्त गर्ने केन्द्रीय सरकारको परिपत्रअनुसारको नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

उनले भने, “तलब वितरणमा ढिलाइ हुनुको मुख्य कारण वडा कार्यालयबाट आवश्यक अभिलेख नआउनु हो। वडा अध्यक्षहरूले ताल्चा खोलेर विवरण पठाए भने तलब तुरुन्त निकासा हुन्छ।”

यससँगै उनले हालै आएको बाढी र चट्याङबाट प्रभावित किसान र परिवारको सहयोगका लागि पनि पालिका सक्रिय रहेको जानकारी दिए। उनका अनुसार असोज १८ गतेको चट्याङ घटनामा मृत्यु भएका हथियाहीका दुई किशोरका परिवारलाई राहत उपलब्ध गराउन पहल भइरहेको छ भने बाढीले नोक्सानी पुर्‍याएका धानबालीको क्षति विवरण संकलनका लागि सबै वडालाई निर्देशन दिइसकिएको छ।

मेयर जयसवालले अन्त्यमा भने, “म जनताको सेवा र कर्मचारीको हकहित सुनिश्चित गर्न प्रतिबद्ध छु। वडा कार्यालयमा तालाबन्दी गरेर समस्या समाधान हुँदैन—संवाद र सहकार्यबाटै पालिका अघि बढ्छ।”

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

रौतहटको वृन्दावनमा कर्मचारी भर्ना विज्ञापन स्थगित

प्रदीप सम्राट, रौतहट । चैत १७ गते , मंगलबार । रौतहट...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक