सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

शिक्षामन्त्री पुनका तीन निर्देशन : विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक, विश्वविद्यालयलाई तीन महिनाभित्र नतिजा प्रकाशन र त्रिवि परिसर सफाइ

शिलादीप खबर न्युजडेस्क ,
असोज ०७ गते, मंगलबार ।

शिक्षामन्त्री महावीर पुनले पदभार सम्हालेपछि मंगलबार मन्त्रालयस्तरीय तीन महत्त्वपूर्ण निर्देशन दिएका छन्।
पहिलो, अब देशभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य रूपमा सुनिश्चित गर्न प्रत्येक विद्यालयमा कम्तीमा एकजना कम्प्युटर शिक्षक दरबन्दी थपिने व्यवस्था गर्नुपर्ने उनले बताए।
दोस्रो, विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न अत्यधिक समय लगाउने प्रथामाथि उनले आपत्ति जनाउँदै बढीमा ३ महिनाभित्र परीक्षाफल सार्वजनिक गर्न निर्देशन दिएका छन्। तोकिएको समयमा नतिजा ननिकाले अनुदानसमेत रोक्का गरिने चेतावनी उनले दिएका छन्। “राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका ५ लाख विद्यार्थीको नतिजा तीन महिनाभित्र निकाल्छ भने विश्वविद्यालयले किन सक्दैन ?” मन्त्री पुनको प्रश्न छ।
तेस्रो, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरको फोहर र झाडी हटाएर आकर्षक बनाउनुपर्ने उनले बताएका छन्। ठूला रुख नकटाई सफाइ गरी सुन्दर बगैँचासहित फुटपाथ निर्माण गर्नुपर्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत मन्त्री पुनले भनेका छन्, “आज मन्त्रालयमा मैले तुरुन्तै काम अघि बढाउन निर्देशन दिएको तीन सानातिना तर महत्वपूर्ण कदमहरू यिनै हुन्।”

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक