शिलादीप अनलाईन खबर ,
चैत १४ गते, शनिबार ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ।
आज बसेको एमाले सचिवालय बैठकले देशभरका ७७ वटै जिल्लाका सदरमुकाममा आजै दिउँसो ३ बजे जनसंगठनहरूको सहभागितामा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको हो।
यसैगरी, बैठकले भोलि पनि आन्दोलनलाई निरन्तरता दिने योजना बनाएको छ। भोलि प्रत्येक जिल्लामा मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको नेतृत्वमा व्यापक प्रदर्शन गर्दै सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालय मा विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ।
एमालेले अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक रूपमा प्रेरित कदम भन्दै त्यसको विरोधमा देशभरका कार्यकर्ता तथा समर्थकलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ।
























