सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

चन्द्रपुर–७ मा रामकुमार भट्टराईको घरदैलो अभियानमा जनसहभागिता उल्लेखनीय


प्रदीप कुमार दास, रौतहट
फाल्गुन १२, मंगलबार


रौतहट क्षेत्र नं. ४ मा फाल्गुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा रामकुमार भट्टराई नेतृत्वमा अघि बढिरहेको घरदैलो अभियानले चन्द्रपुर नगरपालिका–७ मा उल्लेखनीय जनसहभागिता जुटाएको छ।


चन्द्रपुर नगरपालिका–७ अन्तर्गत पर्ने नयाँबस्ती, कटानी, बनबहुवरी र बसन्तपुर क्षेत्रमा मंगलबार सम्पन्न घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहपूर्ण उपस्थिति देखिएको थियो। उम्मेदवार भट्टराईले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। सो अवसरमा स्थानीय बासिन्दाले टीका, माला तथा दोसाला ओढाएर स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए।


विशेषगरी युवा र महिला मतदाताको सक्रिय सहभागिता यसपटकको अभियानको मुख्य आकर्षण बनेको आयोजक पक्षको भनाइ छ। घरदैलोका क्रममा स्थानीयले पूर्वाधार विकास, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा, सुरक्षित खानेपानी र सहज स्वास्थ्य सेवाको पहुँच विस्तारजस्ता विषयमा आफ्ना अपेक्षा तथा सुझाव राखेका थिए।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै प्रचार–प्रसारलाई व्यवस्थित रूपमा अघि बढाइएको बताइएको छ। उम्मेदवार भट्टराईले सुशासन, पारदर्शिता र दीर्घकालीन विकासको आधार निर्माण आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै “तारा” चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गर्नुभयो।


कार्यक्रममा पूर्व सांसद देवेन्द्र पटेल, मधेश प्रदेशका पूर्व मन्त्री समीर भट्टराई, नगर प्रमुख विनोद प्रसाद कुर्मी, विभिन्न वडाका वडाध्यक्ष तथा स्थानीय तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
राजनीतिक विश्लेषकहरूका अनुसार क्षेत्र नं. ४ मा बढ्दो घरदैलो गतिविधि र जनसहभागिताले निर्वाचनलाई प्रतिस्पर्धात्मक बनाउने संकेत देखिएको छ। चुनावी अभियानका बाँकी दिनहरूमा मतदाता भेटघाट र अन्तरक्रियालाई थप तीव्र बनाइने जानकारी अभियान टोलीले दिएको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक