सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

लागुऔषध ‘ब्राउन सुगर’सहित दुई जना पक्राउ

शिलादीप खबर न्युजडेस्क ,

असोज २० गते ,मंगलबार ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोतांता चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा लागुऔषध ‘ब्राउन सुगर’ (खैरो हिरोइन)सहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका इन्स्पेक्टर जटाशंकर यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषा र मातहत प्रहरी चौकी पोर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा सो मार्गमा सवारी चेकजाँच गर्दा प्रदेश २–०२–००२ प २०८७ नम्बरको मोटरसाइकललाई रोकेर तलासी लिँदा लागुऔषध फेला परेको हो।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार सिरहा मिर्चैया नगरपालिका–७ का २४ वर्षीय निराजन यादवले चेकजाँचको क्रममा अचानक मोटरसाइकलबाट हाम फालेर झाडी तर्फ भाग्ने प्रयास गरेका थिए। उनले करिब १५० फिट टाढाको झाडीमा कालो प्लास्टिकको पोका फालेको देखिएपछि प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो।

झाडीमा फालिएको पोका संकलन गरी जाँच गर्दा करिब ३.७ किलोग्राम (३,७०९ ग्राम) ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

निराजनसँगै मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–९ का ३१ वर्षीय रोहन कुमार सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानपछि धनुषा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन...

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

शिलादीप अनलाईन खबर, चैत २४ गते ,मंगलबार । महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक