सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

सुनसरीमा बाबुले नै छोरालाई अपहरणकारीको लगाए जिम्मा 

सुनसरी ,

वैशाख ८ गते ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा मानवता नै स्तब्ध बनाउने घटना सार्वजनिक भएको छ। ५५ वर्षीय उमर मियाँले आफ्नै ३० वर्षीय छोरा सदरुल मियाँलाई भारतीय अपहरणकारीको समूहलाई सुम्पिएको खुलासा भएको हो।

प्रहरीका अनुसार, तरकारी किनेर फर्किने क्रममा उमरले सुरसान पुल नजिकै छोरालाई पूर्वतयारीमा बसेका अपहरणकारीको जिम्मा लगाएका थिए। अपहरणकारीहरूले सदरुललाई बाँधेर बोरामा हालेर भारततर्फ लैजाँदै गर्दा एक प्रत्यक्षदर्शीको सूचनाका आधारमा भारतीय प्रहरीले गाडी रोकी उद्धार गरेको थियो।

भारतको बिहारस्थित सुपौल जिल्लाको प्रहरीको सक्रियताले सदरुलको ज्यान जोगिएको हो। घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीले बाबुसहित आमा र अर्का एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनाको कारणबारे खुल्न बाँकी रहे पनि प्रहरीले यसलाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

बुटवलमा गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु, तीन जना पक्राउ

बुटवल  वैशाख ५ गते, । बुटवलमा विभिन्न क्लिनिक र अस्पतालमा उपचार...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक